बाँकेमा बाल दिवस सप्ताहब्यापी रुपमा मनाईदै, आज चौक चौकमा ब्यानरिङ्ग

असल शासन प्रतिनिधि

असल शासन डटकम । नेपालगन्ज । भाद्र २३ गते । राष्ट्रिय बाल अधिकार दिवस २०७६ बाँके जिल्लामा सप्ताह ब्यापी रुपमा मनाउने भएको छ । सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ आज देखि नेपालगन्जमा विभिन्न कार्यक्रम गरि साता ब्यापी रुपमा बाल दिवस मनाउने निर्णय भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाको अगुवाईमा जिल्ला स्थित बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरु बास नेपालगन्ज, स्याक नेपाल, सिविन नेपाल, बाँके युनेस्को क्लब, प्लान ईन्टरनेशनल, नेपालगन्ज उद्योग बाणिज्य सँघ लगायत संघ सस्थाहरुले संयुक्त रुपमा मनाउने निर्णय भएको हो । भाद्र १३ गते नेपालगन्ज उपमहानगरपालिकामा बसेको बाल दिवस तयारी समितिको बैठकले सप्ताह ब्यापी रुपमा दिवस मनाउने निर्णय गरेको छ । जस अन्तरगत भाद्र २३ गते नेपालगन्जका विभिन्न चौकहरुमा बाल दिवसको सफलताको शुभकामना सहितका ब्यानर टास गर्ने, २४ गते नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य सिविर सञ्चालन

गर्ने, २५ गते बिद्यालय स्तरीय बाल स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गर्ने, उपमहानगरपालिकाका २३ बटै वडाहरुमा बाल अधिकार समितिलाई अभिमुखिकरण गर्ने, २६ देखि २८ सम्म लागु औषध दूब्यसन तथा ओसार पसार र बाल विवाह बिरुद्ध बिद्या

लय स्तरीय कार्यक्रम सञ्चालन गर्ने, २७ गते बाल विवाह न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, २८ गते नगरका विभिन्न स्थानमा जनचेतना मुलक सडक नाटक प्रर्दशन गर्ने र भाद्र २९ गते बिहान जनचेतना मुलक ¥याली तथा सडक नाटक प्रर्दशन गर्ने कार्यक्रम तय भएको हो ।
साताब्यापी दिवसको आज पहिलो दिन नेपालगन्जका चौकहरुमा बाल दिवसको सफलताको शुभकामना सहितका ब्यानरहरु टास गरिएका छन् । जस अन्तरगत नेपालगन्जको गणेशमान चौकमा बास नेपालगन्जले ब्यानर टाँस गरेको छ । यसैगरी बिपि चौक र नेपालगन्ज उपमहानगरपालिकामा नेपालगन्ज उपमहानगरपालिकाले, त्रिभुबन चौकमा नेपालगन्ज उद्योग बाणिज्य संघ, पुष्पलाल चौकमा स्याक नेपालले ब्यानर राखेको छ । सबै मिलेर बाल दिवसलाई भब्यताका साथ मनाउन अपिल समेत गरिएको छ ।

  • २३ भाद्र २०७६, सोमबार प्रकाशित

  • Nabintech