नेपालगन्जमा नगर शिक्षा योजना निर्माण हुने

असल शासन प्रतिनिधि

असल शासन डटकम । भाद्र २४ गते । नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिकामा नगर शिक्षा योजना लागु गर्ने सहितको ७ बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गर्दै गुणस्तरीय शिक्षा र शैक्षिक जवाफदेहिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम भाद्र २४ गते नेपालगन्जमा सम्पन्न भएको छ ।
अमेरीकन दुताबासको सहयोगमा एकाउण्टविलिटि ल्याब र बास नेपालगन्जको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका अन्तरगत सामुदायिक र संस्थागत बिद्यालयहरुको समग्र शैक्षिक गुणस्तर सुधारका लागि सो सुनुवाई गरिएको हो । नेपालगन्ज स्थित विभिन्न सरोकारवाला र सहभागिहरु बिच शैक्षिक गुणस्तरका बिषयमा झण्डै २ घण्टा चलेको दोहोरो प्रश्नोत्तर पश्तात गरिएका अन्य प्रतिबद्धताहरुमा बिद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न संस्थागत बिद्यालयमा शिक्षक नियुक्त गर्दा सम्बन्धित निकायलाई जानकारी गराई प्रक्रिया पुरा गरि नियम संगत ढंगले नियुक्त गर्ने, बिद्यालयबाट बन्चित रहेका गरिब, बिपन्न बालबालिकाहरुलाई निःशुल्क अध्यापनको ब्यावस्था गर्न आवश्यक पहल गर्नुका साथै वडाबाट सिफारिस भईआएका बालबालिकाहरुका लागि शैक्षिक बातावरण सिर्जना गर्ने, शिक्षा क्षेत्रको सुधारका लागि नियमित समनवय तथा अनुगमन गर्दै सरोकारवालाहरुले जवाफदेहि ढंगले जिम्मेवारी बहन गर्ने, संस्थागत बिद्यालयहरुमा अनिवार्य १० प्रतिशत छात्रबृतीका लागुगर्ने, शिक्षाको गुणस्तर सुधारका लागि सरकारले निर्माण गरेका ऐन नियमको पूर्ण रुपमा पालना गर्ने र आदर्श माबि राझाको जग्गा अतिक्रमण गरि बस्ति बसेको भन्ने गुनासो आएकाले त्यसको यथार्थ छानविन गरि अतिक्रमण हटाउने प्रतिबद्धता गरिएको छ ।
यसरी गरिएका प्रतिबद्धताहरुमा कार्यक्रममा सरोकारवालाको रुपमा आसिन नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष बिन्दु भुषण बस्नेत, १२ का अध्यक्ष बुद्धि सागर सुबेदी, २० का कृष्ण बहादुर कार्की, ५ का अध्यक्ष कैफुलवरा जोलाह, जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख राम सुरेस यादब, नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्ख बहादुर थापा, प्याब्सन बाँकेका अध्यक्ष बिकास बज्राचार्य, पूर्ब प्रधानाध्यापक किरण आचार्य लगायतले हस्ताक्षर गरेका थिए ।
बासका समुदाय अगुवा सहजकर्ता रबिन्द्र बोहराले सहजिकरण गरेको सुनुवाईमा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकास समुदाय अगुवा सहजकर्ता छबीलाल सुनारले गरेका थिए भने धन्यबाद ज्ञापन सहित सुनुवाईको समापन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।

  • २४ भाद्र २०७६, मंगलवार प्रकाशित

  • Nabintech