मोहरममा बासको स्वयमसेवा

असल शासन प्रतिनिधि

हेमराज भट्ट । असल शासन डटकम । नेपालगन्ज ।
मुस्लिम धर्मावलम्बीहरुको महान पर्ब मोहरमको अवसरमा बासले सदभावका लागि स्वयम् सेवा कार्यक्रम गरेको छ । युएनडिपीको सहयोगमा बासद्वारा संचालित दिगो बिकास तथा सामाजिक सद्भावका लागि नागरिक साझेदारी परियोजना अन्तर्गत सद्भाव प्रवर्द्धनका लागि उक्त स्वयंसेवी कार्य गरिएको हो ।
कार्यक्रम अन्तरगत बाँकेको नेपालगन्ज, नरैनापुरको गङ्गापुर र रुपन्देहीको कोटहीमाई र भैरहवामा ताजिया सेलाउन जाँदै गरेका ईस्लाम धर्मावलम्बीहरुलाई पानी, सर्वत बितरण गरिएको थियो । धार्मिक सहिष्णुता कायम गर्न विभिन्न धार्मिक पर्बहरुमा स्वयम सेवा गर्दै आएको बासले भाद्र २४ गते नेपालगन्जको त्रिबेणी मोडमा पानी वितरण गरेको थियो भने राप्तीपारी नरैनापुरको गंगापुर स्थित दोन्द्रा र रुपन्देहीको भैरहवा र कोटहीमाईमा सर्वत वितरण गरिएको हो । नेपालगन्जको त्रिबेणी मोडमा मुस्लिम धर्मावलम्बीहरुलाई शुभकामना दिन बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्का, बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगी लगायत धार्मिक गुरुहरु उपस्थित भएका थिए । कार्यक्रम अन्तरगत सवर्त पानी वितरण मात्रै नभएर सो क्रममा एक आपसमा सामाजिक सदभावको साटासाट समेत गरिएको थियो । नेपालगन्जको त्रिबेणी मोडमा भएको स्वयम सेवा कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाह, उप निर्देशक हेमराज भट्ट, बासका केन्द्रीय कोषाध्यक्ष छबीलाल सुनार, बासका स्वयम सेवक संयोजक रबिन्द्र बोहरा लगायत बासका पदाधिकारीहरु, कर्मचारी तथा स्वयम् सेवकहरुको सहभागिता रहेको थियो । उता नरैनापुरको गंगापुरका गरिएको कार्यक्रममा बासका निर्वतमान अध्यक्ष मन भण्डारी, केन्द्रीय सदस्य मकबुल अहमद मुकेरी, बासका कार्यक्रम संयोजक शम्भु शाही, कार्यक्रम सहायक भगवति केसी, स्वयम सेवक सह संयोजक शर्मिला थापा लगायतको सहभागिता रहेको थियो भने रुपन्देहीमा गरिएको कार्यक्रममा बासका रुपन्देही जिल्ला संयोजक बिजया खत्री, कार्यक्रम सहायक सर्बेस लुहार लगायत रुपन्देही शाखा पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

  • २५ भाद्र २०७६, बुधबार प्रकाशित

  • Nabintech