मुर्ति बिर्सजनमा स्वयमसेवा

असल शासन प्रतिनिधि

असल शासन डटकम । नेपालगन्ज ।
हिन्दु धर्मावलम्बीहरुको महान पर्व गणेश चतुर्थी अन्तरगत गणेश मुर्ति बिसर्जनमा सहभागि हिन्दु धर्मावलम्बीहरुलाई भाद्र २६ गते बासले सर्बत पानी बितरण गरेको छ ।
युएनडिपीको सहयोगमा बासद्वारा संचालित दिगो बिकास तथा सामाजिक सद्भावका लागि नागरिक साझेदारी परियोजना अन्तर्गत सद्भाव प्रवर्द्धनका लागि सदभावका लागि स्वयम सेवा कार्यक्रम गरेको
हो ।
कार्यक्रम अन्तरगत नेपालगन्जको त्रिबेणी मोडमा नेपालगन्जका विभिन्न स्थानहरुबाट बाजागाजा र भजन किर्तनका साथ मुर्ति बिर्सजन गर्न जाने श्रद्धालुहरुलाई पानी बितरण गरिएको थियो । आज दिउसो १२ बजे देखि साझँ ४ः३० बजे सम्म पानी बितरण गरिएको थियो । सो क्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाह, उप–निर्देशक हेमराज भट्ट, सामाजिक सदभाव समिति त्रिभुबन चौकका सदस्य शैलेन्द्र बैश्य, बासका समुदाय अगुवा सहजकर्ता रबिन्द्र बोहरा, सिन्धु धर्कत्वा, परियोजनाकी लेखापाल दिपा चौधरी, बासका स्वयम् सेवकहरु शर्मिला थापा, लक्ष्मी केसी, गिता गोसाई, मिना घर्ती मगर र प्रतिक्षा सुनारको सहभागिता रहेको थियो ।

  • २६ भाद्र २०७६, बिहीबार प्रकाशित

  • Nabintech