मेरो जीवन समाजको हितको लागि – वडाध्यक्ष सुवेदी

असल शासन प्रतिनिधि

तपाईको जीवनको आदर्श के हो ?
— मेरो जीवनको आदर्श जनताको सम्मान गर्नुनैं हो ।

तपाईंको जीवनको उत्प्रेरक व्यक्ति ?
— मेरो जीवनको उत्प्रेरक संविधान २०७२ का पिता सुशिल कोइराला र कोइराला परिवार नैं हुनुहुन्छ ।

तपाईंले समाजका लागि के गरिराख्नु भएकोे छ ?
— म वडा अध्यक्ष भईसके पछि वडाको समग्र बिकासका लागि रातदिन खटिरहेको छु ।

जीवनको अविश्मरणीय क्षण ?
— बुबा—आमा गुमाएको दर्दनाक अवस्था, जो मेरो जीवनको सबै भन्दा ठुलो हार जसलाई म चाहेर पनि बिर्सन सक्दिन ।

तपाईंको बुझाईमा असल शासन भनेको के हो ?
— मेरो विचारमा असल—शासन भनेको मर्यादित कार्य, भ्रष्टाचारमुक्त समाज हो ।

समाजका लागि तपाईंको प्रतिबद्धता के छ ?
— समाजका लागि यदि म असल नेता बन्न सक्ने भएछु भने सुशिल कोइरालाको बाटोबाट अगाडि बढ्ने चाहाना राखेको छु । तेरो मेरो नभनि धेरै लोभि पापि नभएर भगवानले मलाई देश, जनता र समाजसेवाका लागि पठाएको सम्झि बाँचेको मेरो जीवन समाजको हितको लागि व्यतित गर्ने निर्णय गरेको छु ।
प्रश्तुती : सिन्धु धर्कत्वा

  • २६ भाद्र २०७६, बिहीबार प्रकाशित

  • Nabintech