भेरी अन्चल अस्पतालको गम्भिर लापरवाही, ज्यूदै बच्चालाई मृत घोषणा

असल शासन प्रतिनिधि

असल शासन डटकम । नेपालगन्ज ।
भेरी अन्चल अस्पतालले मृत घोषणा गरेको एक नवजात शिषु जिवित भेटिएको छ ।
शुक्रबार बिहान नेपालगन्ज स्थित भेरी अन्चल अस्पतालमा प्रसुती ब्याथाले च्यापे पछि भर्ना भएकि छेडागाड नगरपालिका वडा नम्बर ९ जाजरकोटकी कमला अधिकारीबाट जन्मीएको बच्चालाई अस्पतालले मृत घोषणा गरेको थियो । अस्पतालले बच्चा मृत रहेको भन्दै प्लाष्टीकको झोला सहित आफन्तको जिल्ला लगाएपछि निरास भएका आफन्तहरुले बच्चाको सतगतिका लागि नेपालगन्जको बुलबुलीया लगेका थिए । शतगतिका लागि गरेको बच्चा एक्कासी चल्न थालेपछि अस्पतालले ज्यूदै बच्चालाई मृत घोषणा गरेको खुल्न आएको हो । बच्चा ज्यूदै भएको थाहा पाएपछि नवजात शिषुका बुवा मिलन अधिकारीले पुन अस्पताल फिर्ता ल्याएका थिए । अस्पताल ल्याएपछि बच्चालाई आईसियुमा राखि उपचार भईरहेको बताईएको छ ।
जिउदै बच्चालाई मृत घोषणा गरेपछि भेरी अञ्चल अस्पतालको चरम लापरबाहि बाहिर आएको छ । सामान्य रुपमा जन्मिएको बच्चालाई अस्पतालले मृत घोषणा गरि गैरजिम्मेवार बनेको आफन्तले आरोप लगाएका छन् । अस्पताल प्रशासनले गरेको यो गम्भिर लापरवाहि पछि सो बिषयमा अस्पताल प्रशासनले कुनै पनि सूचना सार्वजनिक गरेको छैन । घट्नाका बारेमा अस्पताल प्रशासनबाट जानकारी लिन खोज्दा अस्पतालका प्रमुख डा. रुपानन्द अधिकारी नेपालगन्ज बाहिर रहेको र हाल निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका डा. बद्री चापागाईको मोवाईल स्विचअफ रहेको छ ।

  • २७ भाद्र २०७६, शुक्रबार प्रकाशित

  • Nabintech