नेपालगन्जमा बाल विवाह न्यूनीकरण सम्बन्धी अन्तरक्रिया

असल शासन प्रतिनिधि

असल शासन डटकम । नेपालगन्ज ।
निर्वाचित जन प्रतिनिधिहरुलाई ऐन बिपरितका अभिब्यक्ति नदिन एक कार्यक्रमका सहभागिहरुले अनुरोध गरेका छन् ।
सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवसको अवसरमा आज नेपालगन्जमा आयोजित बालबालिकाको अवस्था तथा बाल विवाह न्यूनीकरणमा बाल अधिकार समितिको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो अनुरोध गरेका हुन् । पछिल्लो समय बाल अधिकारको बिपरित बाल बिवाहको पक्षमा जनप्रतिनिधिहरुले अभिब्यक्ति दिदा त्यसको नकारात्मक असर पर्ने भएकाले जनप्रतिनिधिहरुले सचेत हुन अनुरोध गरिएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका १७ का शिबम पाठकले बालबालिकालाई उचित शिक्षा दिन सबै अभिभावकहरुलाई अनुरोध गरे । यस्तै नगर स्तरीय बाल क्लब संजालकी मिनु गुप्ताले बालबालिकाको भबिष्य माथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको भन्दै त्यस्ता कार्य रोगथाम गर्न सबैको सहयोग आवश्यक रहेको प्रतिक्रिया दिईन् । किशोरी सञ्जालकी अध्यक्ष पुजा बर्माले बालबालिका प्रतिको नकारात्मक शोच हटाएमा मात्रै परिवर्तन सम्भव हुने बताईन् । उता बाल अभियन्ता श्वेता गुरुङ्गले समाजको साघुँरो सोचले बाल विवाह बढीरहेको बताईन् उनले सबैलाई फराकीलो सोचका साथ बाल संरक्षण अभियानमा साथ दिन अपिल गरिन् । कार्यक्रमका अर्का सहभागि साहिल अन्सारीले बालबालिकाका सवालमा स्थानीय सरकार संम्बेदनशिल भएर लाग्नु पर्ने धारणा ब्यक्त गरे । बाल बिवाह न्यूनीकरणको सवालमा सबै सरोकारवालाहरु एकजुट हुनुपर्नेमा सहभागिहरुको जोड थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापा मगरले आफ्नो बारेमा स्वयम आफै बोल्दा परिवर्तन चाडै सम्भव हुने भन्दै बालबालिकाहरुलाई बोल्न अपिल गरिन । उनले समाजमा कानुनको बारेमा सचेतना फैलाउन आवश्यक रहेको बताईन् । कार्यक्रमका अतिथि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, जिल्ला समन्वय समिति बाँकेका सदस्य चेत बहादुर घर्ती, गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहले मन्तब्य ब्यक्त गरेका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, बास नेपालगन्ज, स्याक नेपाल, प्लान ईन्टरनेशनल, सिविन नेपाल, बाँके युनेश्को क्लब र नेपालगन्ज उद्योग बाणिज्य सँघको समन्वय सहकार्यमा सो अन्तरक्रिया सम्पन्न भएको हो । नगर स्तरीय बाल क्लब सञ्जालका अध्यक्ष अंकित मिश्रले सहजिकरण गरेको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाले निर्माण गरेका ऐन नियमको बारेमा जानकारी नेपालगन्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहले गरेकी थिईन भने बाल विवाह न्यूनीकरणका बारेमा स्याकका जगदिस थापाले प्रश्तुतीकरण गरेका थिए । कार्यक्रममा ६० बढीको सहभागिता रहेको थियो ।

 

 

  • २७ भाद्र २०७६, शुक्रबार प्रकाशित

  • Nabintech