लागु पदार्थ दूब्यसन मुक्त समाज निर्माणमा जोड

असल शासन प्रतिनिधि

असल शासन डटकम । नेपालगन्ज। भाद्र २९ ।
लागु पदार्थ दूब्यसन मुक्त समाज निर्माण गर्न सकेमा सामाजिक सदभाव कायम हुने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
युएनडिपिको सहयोगमा बासद्धारा सञ्चालित दिगो विकास र सामाजिक सदभावका लागि नागरिक सहभागिता परियोजना अन्तर्गत प्रहरी र नागरिक बीच नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा भएको अन्तरसम्बाद कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै वडा २० का अध्यक्ष कृष्ण कार्कीले चाडपर्वका बेला मादक पदार्थ सेवन गर्ने चलनले सामाजिक सदभाव र सुरक्षा खलवलिने हुदा मादक पदार्थ रहित तरिकाले चाडपर्व मनाउने परम्पराको बिकास गर्न सबैलाई अनुरोध गरे । उनले वडा नम्बर २० ले विना भेदभाव सेवा प्रवाह गरिरहेको बताए । कार्यक्रममा बोल्दै गनापुर प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायव निरिक्षक दिनेश विष्टले मनिकापुर क्षेत्रको सामाजिक सदभाव तथा सामुदायिक सुरक्षाको अवस्था बारे जानकारी गराएका थिए । उनले समुदायमा समस्या देखिएका तत्काल प्रहरीलाई खबर गर्न सबैलाई अनुरोध गरे । 

छलफलको क्रममा सामाजिक सदभावमा प्रभाव पार्ने तत्वहरु, युवाहरुमा लागू औषध दुब्र्यसनी, घरेलु हिंसा, बाल विवाह, बालश्रम, सेवा सुविधा प्रवाहमा भेदभाव र ढिलासुस्ति जस्ता समस्याहरु समाधान गर्दै जानुपर्नेमा जोड दिएका थिए । वडा कार्यालयको हलमा भएको कार्यक्रममा वडा अध्यक्ष कार्की सहित वडा सदस्य चक्र बुढा, गनापुर प्रहरी चौकी प्रमुख दिनेश विष्ट, मुस्लिम धर्म गुरु मो. जमिल खाँ, क्रिष्टीयन धर्म गुरु पास्टर रत्न ब. थापा मगर, बौद्ध धर्म गुरु ग्यालजेन शेर्पा, हिदु धर्म गुरु राम नरेश पाठक, सामाजिक कार्यकता टेकराज जैसी, तुलशा शाह, जनदेवी कार्की, बशीर अलि र मोतिमाया थापा मगरले छलफलको क्रममा आफ्नो विचार ब्यक्त गरेका थिए ।
बासकी सिएफए शोभा थापा मगरले सञ्चालन गरेको कार्यक्रममा सामाजिक सदभाव परियोजनाका संयोजक शभ्मु शाहीले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा ७० बढीको उपस्थिति रहेको थियो ।

  • २९ भाद्र २०७६, आईतवार प्रकाशित

  • Nabintech