एनआईसियुमा भर्ना गरिएका शिशुको मृत्यु

असल शासन प्रतिनिधि

एनआईसियुमा भर्ना गरिएका शिशुको मृत्यु

 नेपालगन्ज/भेरी अन्चल अस्पतालले मृत घोषणा गरेको नबजात शिशुको अन्ततः मृत्यु भएको छ ।

भाद्र २७ गते बिहान जन्मिएको सो शिषुलाई भेरी अस्पतालको प्रसूति कक्षमा खटिएका कर्मचारीको चरम लापरबाहीका कारण ज्यूदै मृत घोषणा गरिएको थियो तर बच्चाको शतगती गर्दा बालक जिवित भेटिएपछि पुन अस्पतालको एनआईसियु कक्षमा राखि उपचार भईरहेको
थियो ।

उनको शुक्रबार राति नै मृतयु भएको अस्पतालले जनाएको छ । जाजरकोट, छेरागाड नगरपालिका–९ कमला अधिकारीले जन्माएको सो शिषुको मृत्य भएपश्चात आफन्तहरुले अस्पतालको चरम लापरवाहिका कारण बच्चाको मृत्यु भएको भन्दै शनिवार आफन्तहरुले अस्पतालमा आन्दोलन गरेका थिए ।

बच्चाको मृत्यु भएपछि त्यसको आधिकारीक घोषणा डाक्टरबाट हुनुपर्नेमा ड्युटीमा खटिएको नर्सले नै मृत घोषणा गरि आफन्तलाई बुझाएको ज्यूदै बच्चालाई मृत घोषणा गरेको लगायतका गल्ति अस्पताल प्रशासनले गरेको आरोप छ ।

उनीहरुले यस्तो सम्बेदनशिल बिषयमा लापरबाहि गर्ने कर्मचारीलाई कानुनी कार्वाही गर्न माग गरेका छन् ।

  • २९ भाद्र २०७६, आईतवार प्रकाशित

  • Nabintech