कोटहिमाईमा प्रहरी र नागरिक बिच सम्बाद

असल शासन प्रतिनिधि

असल शासन डटकम । रुपन्देही । भाद्र ३० गते ।
रुपन्देहीको कोटहीमाई गाँउपालिकामा प्रहरी र नागरिक बिच अन्तर सम्बाद गरिएको छ ।
प्रहरी र नारिक बिच सामाजिक सदभाव र सामुदायिक सुरक्षा अभिबृद्धी गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रम कोटहीमाई गाँउपालिका वडा नम्बर ७ मा गरिएको हो ।
युएनडिपी नेपालको सहयोगमा बासद्धारा सञ्चालीत दिगो विकास तथा सामाजिक सदभावका लागि नागरिक साझेदारी परियोजना अन्तरगत सो कार्यक्रम सम्पन्न भएको हो । सम्बाद कार्यक्रमको शुरुवातमा कार्यक्रममा उपस्थित ईलाका प्रहरी कार्यालय मझगाँउमा कार्यरत प्रहरी उपरिक्षक पुरन बहादुर क्षेत्रीले त्यस क्षेत्रमा सामाजिक सदभावको अवस्था तथा प्रहरीको सुरक्षा नितिका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष श्याम सुन्दर यादबले सामाजिक सदभाव कायम गर्न नियमित छलफल तथा अन्तरक्रियाहरु आवश्यक रहेको बताए । उनले सामाजिक सदभाव कायम गर्न वडा कार्यालयले लैंगिक हिंसा न्यूनीकरण, बाल बिवाह न्यूनीकरण लगायतका कार्यक्रमहरुलाई महत्वका साथ अगाडी बढाएको बताए । उनले सामाजिक सदभाव कायम गर्न वडा कार्यालय सधै तत्पर रहने बताए । कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक क्षेत्रीले कुनै पनि समस्या भएका निर्धक्क प्रहरीलाई खबर गर्न आम नागरिकहरुलाई अनुरोध गरे । सम्बाद कार्यक्रममा सहभागिहरुले चाड पर्बको बेला सामाजिक सद्भाव खलबलिन सक्ने भन्दै त्यसका लागि सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए । बासका कार्यक्रम सहायक शर्बेस लुहारले सहजिकरण गरेको सम्बाद कार्यक्रममा परियोजना मार्फत सामाजिक सदभाव प्रबद्र्धनमा भईरहेका गतिविधि तथा सम्बाद कार्यक्रमको उद्धेश्यमाथि प्रकास बासका रुपन्देही जिल्ला संयोजक बिजया खत्रीले पारेकी थिईन् । कार्यक्रम मा स्थानीय महीला, जेष्ठ नागरिक, बिधार्थी र अन्य गरि ४० बढीको सहभागिता रहेको थियो ।

  • ३० भाद्र २०७६, सोमबार प्रकाशित

  • Nabintech