नेपालगन्ज १८ को सेवा प्रवाह प्रति स्थानीयबासि सन्तुष्ट देखिए

असल शासन प्रतिनिधि

नेपालगन्ज । असल शासन डटकम । भाद्र ३० गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा बिज्ञ समुहसँग बैठक आज सम्पन्न भएको छ ।
अमेरीकन दुताबासको सहयोगमा एकाउण्टविलिटी ल्याब र बासको आयोजनामा सो बैठक सम्पन्न भएको हो । बैठकमा वडा नम्बर १८ का कार्यवाहक अध्यक्ष दिग्बीजय ढुंगानाले स्थानीय निर्वाचन पश्चात वडाको समग्र विकासमा प्रगति भएको बताए । जवाफदेहिताका लागि आर्थिक पारदर्शिता परियोजनाले वडाबासि र वडाका जनप्रतिनिधिहरु बिचको सम्बन्ध सुमधुर बन्दै गएको बताउदै परियोजना मार्फत प्राप्त डिजिटल बोर्डले वडाको सूचना प्रवाहमा सहजता ल्याएको उनको भनाई थियो ।
बैठकमा बोल्दै लग्दहवा माबिका ब्यवस्थापन समिति अध्यक्ष श्याम थापाले वडाले प्रवाह गर्ने सेवा सुविधा प्रति सन्तुष्ट रहेको बताए । वडा कार्यालयले वडा स्थित बिद्यालयहरुको समग्र शैक्षिक सुधारको पहल गरेको बताए । बैठकका अर्का सहभागि सुनिता बिष्टले वडा भित्र बढ्दो लागु औषधका कारण महिलाहरुलाई समस्या परेको भन्दै लागु औषध नियन्त्रणका लागि प्रभावकारी रुपमा पहल गर्नुपर्नेमा जोड दिईन् । महिला शसक्तिकरणका कार्यक्रमहरु सञ्चालन गर्न वडालाई उनले अनुरोध गरिन् । बैठकमा तेजनगरका हेमराज सुबेदी, दिपक थापा, वडा सदस्य बुद्धिलाल चमार, आशा शाही लगायतले बोलेका थिए । वडाको समग्र विकासमा सबै पक्षलाई साथमा लिई अगाडी बढेमा अपेक्षित सफलता हासिल हुनेमा बत्ताहरुको जोड थियो ।
परियोजनाका समुदाय अगुवा समन्वयकर्ता शोभा थापा मगरले सञ्चालन गरेको बैठकमा स्वागत तथा उद्धेश्य माथि प्रकास बासका निर्वतमान अध्यक्ष मन भण्डारीले गरेका थिए भने छलफल कार्यक्रमको सहजिकरण समुदाय अगुवा समन्वयकर्ता रबिन्द्र बोहराले गरेका थिए ।

  • ३० भाद्र २०७६, सोमबार प्रकाशित

  • Nabintech