समन्वय प्रभावकारी बनाउने प्रतिबद्धता

असल शासन प्रतिनिधि

असल शासन डटकम । नेपालगन्ज ।
बाँके जिल्लामा कार्यरत गैर सरकारी संस्थाहरुको समन्वय प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । जिल्ला समन्वय समिति, बाँकेको आयोजना र गैर सरकारी संस्था महासंघ नेपाल, बाँकेको समन्वयमा भाद्र २९ गते सम्पन्न गैसस समन्वय बैठकमा सो प्रतिबद्धता व्यक्त गरिएको हो ।
पछिल्लो समय जिल्लामा गैसस समन्वय गर्ने निकायबाट अधिकार स्थानीय सरकारमा गएपछि समन्वयको अभाव भएको उल्लेख गर्दै सहभागिहरुले जिससलाई प्रभावकारी ढँगले समन्वय गर्न आग्रह गरेका थिए । जिल्ला समन्वय समिति, बाँकेका संयोजक अजय श्रीबास्तवले कार्यक्रममा जिल्लाको समग्र बिकासका लागि कार्यरत गैससहरु बिचको समन्वय प्रगाढ बनाउने कार्यमा जिल्ला समन्वय समिति अग्रसर रहने बताए । गैससहरुको जवाफदेहिता र पारदर्शिता अभिबृद्धिका लागि समन्वय जरुरी रहेको उनले बताए । गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाहले कार्यक्रममा स्वागत गर्दै गैससहरु बिचको प्रभावकारी समन्वय अभिबृद्धि गर्न बैठक आयोजना गरिएको बताए । गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाका सचिव आशिष वर्माले संचालन गरेका कार्यक्रममा जिससका सदस्य तथा गैसस समन्वय संयोजक चेत बहादुर घर्तीले गैससका कार्यक्रमहरुको अनुगमन गर्न जिससले सबै गैससहरुको स्विकृत कार्यक्रम जिससमा पेश गर्न आग्रह गरे ५० बढि गैसस प्रतिनिधिहरुको सहभागिता रहेको सो बैठकमा बिभिन्न गैसस प्रतिनिधिहरुले गैससको अवस्था, अवसर र चुनौतीको बारेमा बोलेका थिए । यसरी बोल्नेहरुमा सिएसडिआरका लालमणि भण्डारी, महिला मिलिजुलीकी संगिता राई, चेतना परिवारका किरण गिरी, आईएचआरसिका रबिन्द्र ज्ञवाली, स्याकमा जगदिश थापा लगाएत रहेका छन् ।

  • ३१ भाद्र २०७६, मंगलवार प्रकाशित

  • Nabintech