नेपालगन्जमा मुसलधारे बर्षा

असल शासन प्रतिनिधि

असोज १ गते । नेपालगन्ज ।
आज बिहानै देखि नेपालगन्ज र आसपासका क्षेत्रहरुमा परिरहेको मुसलधारे पानीले यस क्षेत्रको जनजिवन प्रभावित भएको छ । बिहान ६ः३० बजे बाट नै शुरु भएको पानी बढ्दै गएपछि नेपालगन्ज र आसपासका क्षेत्रहरु डुवानमा परेका छन् । झण्डै ३ घण्टा देखि लगातार परिरहेको मुसलधारे पानीले नेपालगन्जको घरबारिटोल, न्यूरोड, सेतुबिक चौक, धम्बोझि लगायतका क्षेत्रहरु जलमग्न भएका छन् । बिहान देखि लगातार पानी परिरहेकाले यस क्षेत्रमा बिद्यालयहरुमा बिद्यार्थीको सख्या न्यून मात्रामा देखिन्छ भने कर्मचारीहरुसमेत समयमा कार्यालय जान सकेका छैनन् । यो समाचार तयार पर्दा निकै ठुलो मात्रामा झरिरहेको झरि केही मात्रामा कम भएको छ तर पानी फाट्ने सम्भावना कम देखिन्छ । नेपालगन्ज र आसपासका घरहरुमा समेत पानी पस्न थालेको छ ।

  • १ आश्विन २०७६, बुधबार प्रकाशित

  • Nabintech