रंगशाला प्रबेश शुल्क हटाईयो

असल शासन प्रतिनिधि

असोज १ गते /नेपालगन्ज/
राष्ट्रिय खेलकुद परिषद प्रदेश नम्बर ५ ले आजबाट नेपालगन्ज रंगशाला प्रबेशमा लिने भनिएको शुल्क हाललाई नलिने निर्णय गरेको छ ।

असोज १ गते देखि लागु हुने गरि नेपालगन्ज रंगशाला प्रबेश गर्ने ब्यक्ति तथा खेलाडीहरुबाट शुल्क लिने निर्णय गरेसँग सो निर्णयको तिब्र बिरोध भइरहेको थियो ।

मर्निङवाक गर्ने ब्यक्तिहरु, खेलाडी र सर्वसाधारणको लागि रंगशाला प्रवेश निषेध सूचना जारी गरि हाललाई स्थगित गरिएको जनाएको छ । मध्यपश्चिम खेलकुद विकास समितिले जारी गरेको सुचनामा रंगशाला संचालन कार्यविधि असोज १ गते देखि लागु गर्ने भनिएपनि मर्निङवाक गर्ने सरोकारवालाहरुले केही माग राखि ज्ञापन पत्र पेश गरेकाले माथिल्लो निकायको निर्देशनका लागी राखेपमा पत्र पठाएको भन्दै हाललाई स्थगीत गरिएको जनाएको छ ।

रंगशाला प्रबेश निशेधको निर्णय सँगै यस क्षेत्रका खेलाडी तथा खेलप्रेमीहरुले सो निर्णय सच्याउनुपर्ने माग गर्दै बिरोधमा उत्रिएका थिए भने नागरिक समाजका तर्फबाट समेत सो निर्णय सच्याउन ज्ञापन पत्र बुझाईएको थियो ।

  • १ आश्विन २०७६, बुधबार प्रकाशित

  • Nabintech