जेहेन्दार बिद्यार्थीहरुलाई झोला सहित स्टेशनरी प्रदान

असल शासन प्रतिनिधि

अछाम/बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकीय क्षेत्र विकास समिति, अछामले जेहेन्दार बिद्यार्थीहरुलाई झोला सहित स्टेशनरी प्रदान गरेको छ ।

अछामको तुर्माखाँद गाउँपालिका वडानम्वर ४ स्थित श्री कालिकेश्वरी मा.बि.मा अध्ययनरत १५ जना जेहेन्दार छात्र, छात्राहरुलाई सो सामाग्रि प्रदान गरिएको हो ।

क्यान्सर रोग बिरुद्ध लडिरहेकि महिला बिकास अधिकृत बिन्दु कुवँरले उपलब्ध गराएका स्टेशनरी सहितका सामाग्रि समितिले बिद्यार्थीहरुलाई बितरण गरेका हो ।

बिद्यालयमा आयोजित बितरण कार्यक्रममा संस्थाका अध्यक्ष लोकेन्द्र बहादुर शाहले बिद्यार्थीहरुलाई कपि, कलम सहितको झोला प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै शाहले बिद्यालयले छनौट गरेका जेहेन्दार, बिपन्न बिद्यार्थीहरुलाई उक्त सामाग्रि उपलब्ध गराइएको बताए ।

क्यान्सर रोग बिरुद्ध लडिरहेकी मनकी धनि बिन्दु कुवँरको सहयोगमा झोला सहित स्टेशनरी बिद्यार्थीहरुलाई प्रदान गर्न पाउँदा खुसी लागेको शाहले कार्यक्रममा बताए । अध्यक्ष शाहले यस कार्यबाट बिद्यार्थीहरुको पठन, पाठनमा सहयोग पूग्ने बिश्वास लिएको बताए ।

यसरी सहयोग प्राप्त गर्नेहरुमा कक्षा १ कि सरिता बि.क., कक्षा २ कि निर्मला नेपाली, कक्षा ३ की भावना नेपाली, कक्षा ४ का भीम बहादुर बि.क., कक्षा ५ का रमेश बयक, कक्षा ६ का दिनेश बयक, कक्षा ७ का जम्मान बि.क., कक्षा ८ का मिन बहादुर बयक, कक्षा ९ की रमिता नेपाली, कक्षा १० की प्रेमकला नेपाली, कक्षा ११ का टंक बयक, कक्षा १२ कि खकिसरा नेपाली, कक्षा ७ कि सरिता बयक, कक्षा ९ कि सरिता बि.क. र कक्षा ४ कि सरिता नेपाली रहेका छन् । बिद्यार्थीहरुलाई कपि, कलम र झोला उपलब्ध गराईएको हो ।

कार्यक्रममा शिक्षक, बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

  • १ आश्विन २०७६, बुधबार प्रकाशित

  • Nabintech