बागेश्वरी सटर बिबाद अन्त्य, सटर निर्माण गर्न पुरातत्वको अनुमति

असल शासन प्रतिनिधि

बागेश्वरी सटर बिबाद अन्त्य, सटर निर्माण गर्न पुरातत्वको अनुमति

नेपालगन्ज/बागेश्वरी मन्दिर दक्षिणभागमा पुर्ननिर्माण गरिन लागेको सटर अन्ततः बन्ने भएको छ ।

बिरोध र बिबादका कारण रोकिएको सटर निर्माण कार्यलाई पुरातत्व विभागले निर्माणका लागि अनुमति दिएपछि निर्माणको बाटो खुलेको
छ ।

बिभागले नेपालगन्जस्थित बागेश्वरी मन्दिरको दक्षिणतर्फ रहेको जग्गा बिभागको कार्यक्षेत्रभित्र नपर्ने भन्दै नयाँ संरचना निर्माणका लागि अनुमति दिएको हो ।

मन्दिर छेउमा पहिले रहेका सटर सडक फराकिलो बनाउने क्रममा भत्काईएको र नयाँ बनाउन लागिएको बेला सो कार्य बिबादमा आएको थियो ।

सटर निर्माणको सिलन्यास गरेको फोटो सामाजिक सञ्जालमा सपिँग कम्पलेक्स निर्माण हुँदै गरेको भनेर आएपछि सामाजिक सञ्जाल मार्फत निर्माणको सर्बत्र बिरोध भएको थियो भने शहरी बिकास मन्त्रालयले निर्माण कार्य रोक्न सम्बद्ध निकायहरुलाई पत्राचार गरेको थियो ।

विभागले अध्ययन गरि निर्माणका लागि अनुमति दिएको बागेश्वरी गुठि समितिका अध्यक्ष तथा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले जानकारी दिए ।

बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपाल अधिकारी विभागको अनुमतिबाट उत्साहित भएको बताउँछन् । कुरै नबुझि सटर निर्माणको बिरोध भएको अधिकारी बताउँछन् ।

समितिका सचिव गोपाल अधिकारीले सटर निर्माण कार्यबाट मन्दिरको स्वरुप बिग्रन नुहुने कुरामा समिति सचेत रहेको बताउँछन् ।

  • २ आश्विन २०७६, बिहीबार प्रकाशित

  • Nabintech