बक्तृत्वकलामा रितिका प्रथम

असल शासन प्रतिनिधि

नेपालगन्ज । असोज ३ गते ।
सूचना प्रविधिको महत्व बिषयक नेपालगन्जमा सम्पन्न बक्तृत्वकला प्रतियोगितामा खजुरा गाँउपालिकाकी रितीका सापकोटाले प्रथम स्थान हासिल गरेकी छिन् । बासको साप्ताहिक कार्यक्रम ईन्स्पाईरिङ युथमा युवाहरुको उल्लेख्य सहभागिता रहेको आजको श्रखलामा द्धितिय र तृतीय स्थान क्रमशः अंकित श्रीवास्तब र जगदिस चन्द्र ओझाले हासिल गर्न सफल भएका छन् ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय स्थान हासिल गर्न सफल प्रतियोगिताले क्रमशः नगद रु ५ हजार, ३ हजार र २ हजार, प्रमाण पत्र र टफि हासिल गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्ख बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा पत्रकार रुद्र सुबेदी, भोजराज शर्मा नादिर र किरण आचार्यले निर्णायकको भूमिका निर्वाह गरेका थिए । बिजेता प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि गोर्ख बहादुर थापा, बासका पूर्ब बरिष्ट उपाध्यक्ष सुरेन्द्र शाही, सन नेपाल लाईफ ईन्सुरेन्स नेपालगन्ज शाखाका प्रबन्धक कमल शाहीले पुरस्कार तथा प्रमाण पत्र बितरण गरेका थिए । बासले युवाहरुलाई लक्षित गरि नेपालगन्जमा हरेक शुक्रबार ४ बजे देखि ५ बजे सम्म ईन्स्पाईरिङ युथ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

  • ३ आश्विन २०७६, शुक्रबार प्रकाशित

  • Nabintech