बासको ३४औं पूर्णकालिन बैठक ठाकुरद्धारामा शुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज । असोज ३ गते ।
भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासको ३४औं पूर्णकालिन बैठक बर्दियाको ठाकुरद्धारामा शुरु भएको छ ।
हरेक चार महिनामा हुने बासको केन्द्रीय कार्यसमितिको ३४औं पूर्णकालिन बैठक ठाकुरद्धारामा सञ्चालन भएको हो । बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भईरहेको बैठकमा केन्द्रीय कार्यसमितिमा रहेका बासका देशभरीका पदाधिकारीहरुको सहभागिता रहेको छ । बैठक भोली सम्म चल्ने बैठकमा सहभागि बासका कार्यकारी निर्देशक नमस्कार शाहले बताए ।
देश भरीका ७३ जिल्लामा शाखा बिस्तार गरि सुशासन अभियानलाई देश ब्यापी रुपमा सञ्चालन गर्दै आएको बासले सञ्जालीकरणको अवधारणालाई आत्मसात गर्दै काम गर्दै आएको छ । बासको केन्द्रीय कार्यालय बाँकेको नेपालगन्जमा रहेकोछ ।

  • ३ आश्विन २०७६, शुक्रबार प्रकाशित

  • Nabintech