परम्परागत पोशाखमा बिद्यालय जान्छन् बिद्यार्थी र शिक्षक

असल शासन प्रतिनिधि

बर्दिया/बर्दिया स्थित एउटा सरकारी बिधालयमा शिक्षक देखि बिद्यार्थी परम्परागत पोशाखमा बिद्यालय जाने गरेका छन् ।

बर्दियाको मधुवन नगरपालिकामा पर्ने श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय तथा ढोढरी प्राविधिक शिक्षालयका बिद्यार्थी र शिक्षकहरु आफ्नो परम्परागत पोशाखमा बिद्यालय जाने गरेका हुन् ।

प्रायः शुक्रबार तथा बिद्यालयको क्यालेन्डर अनुसार विभिन्न अवसरमा बिद्यार्थी र शिक्षकहरु परम्परागत सँँस्कृती झल्काउने पोशाख लगाएर

बिद्यालय जाने गर्छन् । त्यस दिन विभिन्न अतिरिक्त क्रियाकलाप तथा साँस्कृतिक कार्यक्रम समेत उनीहरुले गर्ने गरेका छन् ।

स्कुलमा जाने बिभिन्न जात, जातिका विद्यार्थीहरुले यस कार्यबाट एक अर्काको सँस्कृती बुझ्न, संस्कार सिक्न मद्दत मिल्ने बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिनोद चौधरी बताउँछन् ।

परम्परागत पोशाखमा विद्यार्थीलाई नौलो र रमाइलो महसुस हुने बिद्यालयका शिक्षक रामकृष्ण पोख्रेल बताउँछन् । यसबाट बिर्सन लागेको सँस्कृती जगेर्ना हुने र नयाँ पुस्तालाई मूल्य, मान्यताका बारेमा जानकारी समेत हुने गरेको अभिभावक बताउँछन् ।

 

  • ४ आश्विन २०७६, शनिबार प्रकाशित

  • Nabintech