मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु

असल शासन प्रतिनिधि

मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु

नेपालगन्ज/नेपालगन्ज उपमहागनरपालिका वडा नम्बर १२, स्थित नर्सिङ्ग होम अगाडी सुर्खेतरोडमा आज असोज ४ गते शनिबार विहान मोटरसाईकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

सडक पार गर्ने क्रममा अन्धाधुन्द गतिमा रहेको एक मोटरसाईकलले ठक्कर दिएपछि उछिट्टिएर सडकमा लडेकी दाँङ गढवा गाउँपालिका ७ की २२ बर्षिया सिता चौधरीको मृत्यु भएको हो । चौधरी नेपालगञ्जको एक फार्मेसीमा कार्यरत रहेको बुझिएको छ ।

प्रहरीका अनुसार, बिहान साढे १० बजे नम्बर नखुलेको स्पेलेण्डर मोटरसाइकलले ठक्कर दिंदा गम्भीर घाइते भएकी सिताको उपचारका क्रममा नर्सिङ्गहोममा मृत्यु भएको थियो ।

ठक्कर दिने मोटरसाईकल र चालक पहिचान हुन नसक्दा हाल सम्म प्रहरीले फरार रहेको मोटरशाईकल चालकलाई पक्राउ गर्न सकेको छैन ।
सडक दुर्घटनामा मृत्यु भएकी सिता चौधरीका आफन्तले नेपालगञ्जमा चक्का जाम गरेकाछन् । दोषीलाई पत्ता गरि कारबाही गरिनुपर्ने माग राख्दै पीडित पक्षले शनिबार बेलुका घटनास्थलमा चक्का जाम गरेका हुन् ।

  • ४ आश्विन २०७६, शनिबार प्रकाशित

  • Nabintech