सियारिमा निःशुल्क डेंगु परिक्षण शिविर

असल शासन प्रतिनिधि

भैरहवा । असोज ४ गते ।
देशभरी डेंगु रोगका बारेमा आम नागरिकहरुमा सन्त्रास फैलिरहेका बेला भैरहवामा क्रियाशिल संस्थाहरुले समुदाय स्तरमा निःशुल्क डेंगु परिक्षण तथा स्वास्थ्य शिविर गरेको छ ।
मानविय कार्यमा क्रियाशिल रहदै आएको मायादेवी चेरेटिबल फाउण्डेसन को आयोजना, सियारी गाँउपालिका वडा नम्बर २, बास रुपन्देही शाखा, प्रतिमान निमा मेमोरियल फाउन्डेसन, चौधरी प्याथोलोजी, युनिवर्सल मेडिकल कालेज, मन्सादेवी पेथलोजी, साधु बचत तथा सहकारी संस्थाको सहकार्य तथा समन्वयमा सो शिविर सञ्चालन गरेको हो ।
मायादेवी चेरेटिबल फाउण्डेसनका अध्यक्ष रबि कुमार रौनियारको अध्यक्षता तथा सियारी गाँउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यतामा सम्पन्न सिविरको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि थारुले गाँउ मै आएर गरिएको मानविय कार्यको प्रशंसा गरे । डंगु परिक्षण अहिलेको आवश्यकता रहेको भन्दै यसरी आयोजना हुने मानविय कार्यहरुमा गाँउपालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता गरे । सियारी गाउपलिका वडा नम्बर ०२ को मैनहिया माध्यमिक बिद्यालयमा दिनभरी नै चलेको सिविरबाट १०७९ जनाको स्वास्थ परिक्षण गरिएको थियो। स्वास्थ्य शिविरमा सहभागि ५९८ जनालाई निशुल्क शुद्ध शाकाहारी अन्नपूर्ण भोजन उपलब्ध गराईएको आयोजकले जनाएकोछ । स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका कुनै पनि ब्यक्तिमा डेंगु नभेटिएको आयोजकले जनाएकोछ । 
प्रतिमान निमा मेमोरियल फाउन्डेसनका कार्यकारी निर्देशक स्वाती थापाले स्वागत तथा उद्धेश्यमाथि प्रकास पारेको सिविरको उद्घाटन सत्रमा कार्यक्रमका अतिथिहरु बासका केन्द्रीय उप–निर्देशक हेमराज भट्ट, अर्घाखाँची सिमेन्टका प्रबन्धक उद्यब कार्कीले मन्तब्य सहित सिविरको सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा सियारी गाँउपालिका वडा नम्बर २ का अधयक्ष किशन कुमार यमु,बास रुपन्देही शाखाकी अध्यक्ष बिजया खत्री, चौधरी प्याथोलोजीका शैलेस चौधरी लगायत अतिथिहरुको उपस्थिती रहेको थियो । बास केन्द्रीय कार्यालयका खुल्ला सरकार अभियन्ता रबिन्द्र बोहराले सहजिकरण गरेको उद्घाटन सत्रको धन्यबाद ज्ञापन सहित समापन मायादेवी चेरेटिबल फाउण्डेसनका अध्यक्ष रबि कुमार रौनियारले गरेका थिए ।

 

  • ४ आश्विन २०७६, शनिबार प्रकाशित

  • Nabintech