सामाजिक सदभाव कायम गर्ने सामुहिक प्रतिबद्धता

असल शासन प्रतिनिधि

भैरहवा । असोज ४ गते । लागु औषध दूब्यसनीका कारण घरायसि हिंसा बढेको र त्यसले सामाजिक सदभाव खलबलिएको भन्ने गुनासो आएकाले लागु औषधको प्रयोग नगर्ने र यसका बिरुद्ध अभियान सञ्चालन गर्ने एक कार्यक्रमका सहभागि तथा सरोकारवालाहरुले प्रतिबद्धता गरेका छन् ।
युएनडिपी नेपालको सहयोगमा बास नेपालगन्जद्धारा सञ्चालीत दिगो विकास र सामाजिक सदभावका लागि नागरिक सहभागिता परियोजना अन्तरगत कोटहीमाई गाँउपालिका वडा नम्बर ३ मा आज सम्पन्न विकास र सामाजिक सद्भावको सवाल सरोकारवालाको जवाफ बिषयक सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागिहरुले यस्तो प्रतिबद्धता गरेका हुन । सार्वजनिक सुनुवाईमा गरिएका अन्य प्रतिबद्धताहरुमा समाजमा बिद्यमान बाल विवाह तथा दाईजो प्रथा जस्तो जघन्य कार्यको अन्त्यका लागि सामुहिक रुपमा लाग्ने, बाल विवाह जनप्रतिनिधि तथा स्थानीय अगुवाहरुको संलग्नतामा हुने गरेको भन्ने गुनासो आएकाले अब उप्रान्त बाल विवाहमा सहभागि नहुने र निरुत्साहित गर्ने, सामाजिक सदभाव खलबलिने क्रियाकलाप भएका तत्काल प्रहरीलाई खबर गर्ने र स्थानीय विकासको सवालमा सामुहिक रुपमा ऐक्येबद्धता गर्ने तथा पर्बहरुमा बिद्यमान बिकृती अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता गरिएको छ । बासका खुल्ला सरकार अभियन्ता रबिन्द्र बोहराले सहजिकरण गरेको सुनुवाईमा स्वागत परियोजनाका कार्यक्रम सहायक सर्बेस लुहारले गरेका थिए । सुनुवाईमा वडा सदस्य कलावती हरिजन, प्रहरी नायब निरिक्षक जिवन कुमार सुनारी, देब बहादुर भुजेलले उठेका प्रश्नको जवाफ दिएका थिए । सुनुवाईमा बास केन्द्रीय उप निर्देशक हेमराज भट्ट, परियोजनाकी रुपन्देही जिल्ला संयोजक बिजया खत्री लगायत ६० बढीको सहभागिता रहेको थियो ।

  • ४ आश्विन २०७६, शनिबार प्रकाशित

  • Nabintech