सामाजिक सद्भाव कायम गर्ने साझाँ प्रतिबद्धता

असल शासन प्रतिनिधि

भैरहवा ।
कोटहिमाई गाँउपालिका वडा नम्बर ४ अध्यक्ष ओम प्रकाश पाण्डेयले वडा कार्यालयले प्रभाह गर्ने सेवा तथा सुविधाका बारेमा चित्त नबुझे तुरुन्तै गुनासो गर्न अनुरोध गरेका छन् ।
युएनडिपी नेपालको सहयोगमा बास नेपालगन्जद्धारा सञ्चालीत दिगो विकास र सामाजिक सदभावका लागि नागरिक सहभागिता परियोजना अन्तरगत कोटहीमाई गाँउपालिका वडा नम्बर ४ मा सम्पन्न विकास र सामाजिक सद्भावको सवाल सरोकारवालाको जवाफ बिषयक सार्वजनिक सुनुवाई कार्यक्रमका अध्यक्ष पाण्डेयले वडाबासिहरुलाई यस्तो अनुरोध गरेका हुन । वडाको बिकास र सामाजिक सदभावका सवालमा वडा कार्यालय लागि परेको भन्दै वडा मार्फत कहि त्रुटी भएमा तत्काल खबरदारि गर्न उनको अनुरोध थियो । सुनुवाईका क्रममा सहभागिहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै वडा अध्यक्ष एबम सुनुवाईका प्रमुख जवाफदेहि बक्ताको रुपमा उपस्थित पाण्डेयले समाजमा सामाजिक सदभाव खलबलिने गतिविधि नियन्त्रण गर्न प्रहरीसँग समन्वय गरि काम भईरहेको बताए । सुनुवाईमा बोल्दै ईलाका प्रहरी कार्यालय मजगाउका प्रहरी नायव निरिक्षक जिवन सुनारीले सामाजिक सदभाव कायम राख्न प्रहरी अहोरात्र खटिएको बताए । चाडपर्बमा हुने अनैतिक गतिविधि रोक्न प्रहरीले बिशेष योजना तयार गरेको बताउदै अनैतिक क्रियाकलाप भएमा तत्काल प्रहरीलाई खबर गर्न उनले सुनुवाईका सहभागिहरुलाई अनुरोध गरे ।
परियोजनाका रुपन्देही जिल्ला संयोजक बिजया खत्रीले स्वागत तथा सुनुवाईको उद्धेश्यमाथि प्रकाश पारेको सुनुवाईमा वडा बासि र जवाफदेहि बत्ताहरु बिच भएको दोहोरो प्रश्नोत्तर पश्चात ५ बुदें साझाँ सार्वजनिक प्रतिबद्धता गरिएको छ यसरी गरिएका प्रतिबद्धताहरुमा पर्बहरुलाई लक्षित गरि हुने अनैतिक क्रियाकलापमा सहभागि नहुने तथा सामाजिक सदभावमा खलल पुरयाउने गतिविधि रोक्ने, समाजमा बिद्यमान वाल विवाह, दाईजो प्रथा लगायतका गलत संस्कारको अन्त्यका लागि सचेतनामुलक अभियान सञ्चालन गर्ने, वडाका केही टोलहरुमा लामखुट्टे मार्ने औषधि नछर्केको भन्ने गुनासो आएकाले त्यसको पहिचान गरि यथासक्य औषधि छर्किने, समाजमा गलत कार्य भएको देखेमा तत्काल प्रहरीलाई खबर गर्ने र सामाजिक सदभाव र विकासको सवालमा एकजुट भई काम गर्ने प्रतिबद्धता गरिएको छ ।
बासका खुल्ला सरकार अभियन्ता रबिन्द्र बोहराले सहजिकरण गरेको सुनुवाईमा वडा अध्यक्ष ओम प्रकास पाण्डेय, प्रहरी नायक निरिक्षक जिवन कुमार सुनारीले जवाफ दिएका थिए । सुनुवाईमा बास केन्द्रीय उप निर्देशक हेमराज भट्ट, परियोजनाकी रुपन्देही जिल्ला संयोजक बिजया खत्री, बास रुपन्देही शाखाका उपाध्यक्ष बिरेन्द्र कुमार गुप्ता, परियोजना सहायक सर्बेस लुहार लगायत ६२ जनाको सहभागिता रहेको थियो ।

  • ६ आश्विन २०७६, सोमबार प्रकाशित

  • Nabintech