सर्बाेत्तम सेवा : सामाजिक सेवा

असल शासन प्रतिनिधि

नेपालगञ्ज/सुखी र समृद्ध राष्ट्रिय सोच, समाज विकास हाम्रो अठोट भन्ने नाराका साथ ४० औं सामाजिक सेवा दिवसको अवसरमा  दिगो बिकासका लागि सामाजिक सेवा बिषयक अन्तरक्रिया तथा सामाजिक सेवा गतिबिधि प्रर्दशनी कार्यक्रम असोज ६ गते सम्पन्न भएको छ ।

गैर सरकारी सँस्था महासँघ नेपाल, बाँके शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाले सबै भन्दा सर्बोत्तम सेवा सामाजिक सेवा भएको बताए ।

उनले सामाजिक सेवा गर्नका लागि गैससहरुको योगदान महत्वपूर्ण रहेको उनले बताए । सबैले सामाजिक रुपमा योगदान दिएरै समाज समृद्ध बन्ने हो —राणाले भने—सबैले आआफ्नो ठाउँबाट योगदान दिऔं ।

आफुले पाएको पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्दै आएका राणाले एक महिनाको तलब, भत्ता बाफतको रकम रु. ५० हजार संस्थागत बिकासका लागि गैर सरकारी सँस्था महासँघ नेपाल, बाँके शाखालाई प्रदान गर्ने घोषणा गरे ।

कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले सामाजिक सेवामा क्रियाशिल गैससहरुलाई ईमान्दारितापूर्बक कार्य गर्न आग्रह गरे । उनले जिल्ला प्रशासन कार्यालयलाई गैससमैत्री बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । जिल्लामा रहेका गैससहरुसँगको प्रभावकारी समन्वयका लागि आफुले पहल गर्ने प्रतिबद्धता समेत उनले जनाए ।

कार्यक्रममा बोल्दै नेपाल रेक्रस सोसाईटीका केन्द्रीय उपाध्यक्ष अजित कुमार शर्माले परोपकारी कार्यसँग सामाजिक सेवा जोडिएको बताउँदै ८४ लाख प्राणी मध्ये मानिसमा मात्र परोपकारी भावना हुने कुरा उल्लेख गरे । नाफा नकमाई गरिने सेवानैं सामाजिक सेवा हो—उनले भने—गास, बास, कपास, शिक्षा, स्वास्थ्यबाट बञ्चितहरुलाई सेवा दिने कार्यनैं समाज सेवा हो ।

नेपाल नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले सामाजिक काम गर्ने प्रेरणा सबैले लिई कार्य गर्नुपर्ने बताए ।
एक्सनएड नेपाल नेपालगञ्जका प्रमुख बिष्णु शर्माले प्राचिनकाल देखिनैं सामाजिक सेवाका कामहरु भएतापनि सँगठित रुपमा तुलसि मेहर श्रेष्ठको पाला देखि संगठित रुपमा सामाजिक सेवाको कार्य शुरु भएको बताए ।

उनले सामाजिक सेवा शुरु भएको स्मरण गर्नका लागि सामाजिक सेवा दिवस मनाउन थालिएको बताए । उनले गैससहरुलाई लाग्ने आरोपहरु हटाउनका लागि सबै गैससहरुले सामाजिक जवाफदेहिताका संयन्त्रहरु अवलम्वन गरि गैससहरु पारदर्शि र जवाफदेही हुनु पर्ने बताए ।

कार्यक्रममा अधिबक्ता नेपाल बार एसोसिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष अधिबक्ता प्रहलाद बहादुर कार्कीले सामाजिक सेवामा गैससहरु बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र बारे परिवर्तन समूहकी संयोजक ईन्द्रा जि.सि., सामाजिक सेवा केन्द्रका उपाध्यक्ष दिपेन्द्र कुमार जोशी, डेक नेपालकी दिपा थापा, दलित महिला सँघकि अध्यक्ष निर्माला सुनार लगाएतले बोलेका थिए ।

कार्यक्रममा धम्बोझि माबिकी पूर्ब प्राचार्य किरण आचार्य, बरिष्ठ कलाकार कमल बि.के. निर्माेही, नेपाल घरेलु तथा साना उद्योग महासँघकी नगर अध्यक्ष रचना श्रेष्ठ, गैसस महासँघ नेपाल बाँकेका सल्लाहकार प्रभात कुमार ठकुरी लगाएतले बोलेका थिए ।

कार्यक्रममा गैसस महासँघ नेपाल बाँकेका सल्लाहकार तेज बिक्रम शाह, उच्च अदालत बारका अध्यक्ष बिकाश आचार्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख बिर बहादुर वली, प्लान ईण्टरनेशनल नेपालका जिवनाथ पराजुली, महासँघका सल्लाहकार भोला महत, रबिन्द्र कर्ण लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा गैससहरुले सञ्चालन गरेका गतिविधिहरु बारे बिभिन्न श्रव्य दृश्यहरु प्रदर्शन गर्नुका साथै बिभिन्न प्रकाशनहरु बितरण गरिएको थियो ।

महासँघका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्य समिति सदस्य शंकर न्यौपाने गरेका थिए भने भन्यवाद ज्ञापन सदस्य मैमुना सिद्धिकीले गरेकि थिईन् । कार्यक्रम सञ्चालन महासँघका सचिव आशिष बर्माले गरेका थिए । कार्यक्रममा १०० बढिको सहभागिता रहेको थियो ।

प्लान ईण्टरनेशनल नेपाल, सेभ द चिल्ड्रेन, युएनडिपि, नेपालगञ्ज उपमहानगरपालिका, बाँके, एक्सनएड नेपाल बास, नेपालगञ्ज बाँके, बाँके युनेस्को क्लब, नेपालगञ्ज, सामाजिक बिकास मञ्च, दलित महिला सँघ, नेपालगञ्ज, द्वन्द्व पीडित एकल महिला सञ्जाल, बाँके, ईन्रुडेक, राष्ट्रिय युवा महासँघ नेपालको साझेदारीमा कार्यक्रम सम्पन्न भएको हो ।

समाज सेवामा नागरीकहरुको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि समाज कल्याण परिषदले समाज सेवा दिवस मनाउन शुरु गरेको हो ।

समाज सेवाको क्षेत्रमा कार्यरत बिभिन्न गैर सरकारी संस्थाहरुको अनुगमन, मुल्याकंन अनि सुपरिवेक्षण गर्दै आएको सरकारी संयन्त्र समाज कल्याण परिषदक आह्वानमा यस बर्ष बिभिन्न सरकारी, गैरसरकारी निकायहरुले देशैभर समाज सेवा दिवस मनाएको छ । २०३४ असोज ६ गते स्थापना भएको परिषदले २०३६ साल देखि दिवस मनाउन थालेको हो ।

  • ६ आश्विन २०७६, सोमबार प्रकाशित

  • Nabintech