भैरहवामा युवाहरुलाई एक दिने प्रशिक्षण

असल शासन प्रतिनिधि

भैरहवा । असोज ६ ।
स्थानीय तहमा सामाजिक सदभाव कायम गर्न लागि परेको एक प्रशिक्षण कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
युएनडिपी नेपालको सहयोगमा बास नेपालगन्जद्धारा सञ्चालीत दिगो विकास र सामाजिक सदभावका लागि नागरिक सहभागिता परियोजना अन्तरगत आज भैरहवामा सम्पन्न प्रशिक्षण कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन । सामुदायिक एकता, सामाजिक सुरक्षा र सुशासनका बिषयमा गरिएको प्रशिक्षणको क्रममा सहभागि सामाजिक सदभाव समितिका पदाधिकारीहरुले समिति मार्फत सामाजिक सदभाव कायम गर्न आवश्यक कामहरु गरिरहेको बताएका हुन । सामाजिक सदभाव समिति गठन गरे पश्चात विभिन्न समयमा सामाजिक सदभाव कायम गर्न क्रियाकलापहरु गर्दै आएको उनीहरुको भनाई थियो ।
सिद्धार्थनगर नगरपालिका र कोटहीमाई गाँउपालिकामा गठित सामाजिक सदभाव समितिका पदाधिकारीहरुको सहभागिता रहेको प्रशिक्षणमा सामाजिक एकता, सामाजिक सुरक्षा र सुशासनका विभिन्न बिषयमा प्रशिक्षक हेमराज भट्टले प्रशिक्षण दिएका थिए । बास रुपन्देही शाखाका उपाध्यक्ष बिरेन्द्र गुप्ताले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश परियोजनाकी संयोजक बिजया खत्रीले गरेकी थिईन् ।

  • ६ आश्विन २०७६, सोमबार प्रकाशित

  • Nabintech