गैससका सदस्यहरुका लागि आधारभुत उद्घोषण तालिम सम्पन्न

असल शासन प्रतिनिधि

बाँके/गैर सरकारी संस्था महासँघ नेपाल, बाँके शाखाको आयोजनामा सञ्चालन भईरहेको आधारभुत उद्घोषण तालिम सम्पन्न भएको छ ।

गैसस महासँघको सभाहलमा असोज २ गते बाट शुरु भएको ६ दिने तालिम असोज ७ गते सम्पन्न भएको हो । समापनमा बोल्दै नेपाल जेसिसका पूर्व राष्ट्रिय अध्यक्ष रबिन्द्र कर्णले गैसस प्रतिनिधिहरुको क्षमता अभिबृद्धिका लागि उद्घोषण तालिम आवश्यक रहेको बताए । उनले वाक क्षमता सबै भन्दा ठूलो हतियार भएको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशिक्षक बरिष्ठ सञ्चारकर्मी कलम बि.के. निर्माेहीले उद्घोषण तालिमको महत्वका बारेमा बोलेका थिए । प्रमुख अतिथी नेपाल जेसिसका पूर्व राष्ट्रिय अध्यक्ष रबिन्द्र कर्ण, बरिष्ठ सञ्चारकर्मी कलम बि.के. निर्माेही लगाएतले सहभागिहरुलाई प्रमाण—पत्र बितरण गरेका थिए ।

महासँघका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न समापन समारोहमा सहभागिहरुका तर्फबाट तर्क बहादुर शाह र चाँदनी बानोले प्रतिकृया मन्तव्य दिदै तालिम प्रभावकारी भएको बताएका थिए ।

महासँघकी कार्य समिति सदस्य निर्मला सुनारले सञ्चालन गरेको कार्यक्रममा स्वागत सदस्य मैमुना सिद्धिकीले गरेकि थिईन् भने धन्यवाद ज्ञापन अर्की सदस्य जयन्ति खत्रीले गरेकि थिईन् । तालिमको उद्धेश्य माथि सचिव आशिष बर्माले प्रकाश पारेका थिए ।

तालिममा २२ वटा गैससका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिममा उद्घोषणका बिभिन्न बिषयहरुमा बरिष्ठ सञ्चारकर्मी कलम बि.के. निर्माेही, गैसस महासँघ नेपालका अध्यक्ष नमस्कार शाह, सचिव आशिष बर्मा र बासका उपनिर्देशक हेमराज भट्टले सहजिकरण गरेका थिए ।

कार्यक्रममा गैसस महासँघ नेपालको संस्थागत बिकासका लागि नेपाल जेसिसका पूर्व राष्ट्रिय अध्यक्ष रबिन्द्र कर्णले १ थान प्रिन्टर सहयोग प्रदान गरेका छन् । कर्णले महासँघका अध्यक्ष नमस्कार शाह लगाएतलाई प्रिन्टर हस्तान्तरण गरेका थिए । कर्णले संस्थागत बिकासका लागि सहयोग गरेको बताए । अध्यक्ष शाहले कर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।

  • ७ आश्विन २०७६, मंगलवार प्रकाशित

  • Nabintech