बरिष्ठ पत्रकार अली आक्रमण प्रति ध्यानाकर्षण

असल शासन प्रतिनिधि

नेपालगन्ज । असोज १२ ।
नेपाल पत्रकार महासंघ बाँके शाखाका सँस्थापक अध्यक्ष लियाकत अली माथी भएको आक्रमण र लुटपाटको घटना प्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भिर ध्यानआर्कषण भएको जनाएकोछ । पत्रकार महासँघ बाँके शाखा सचिब तिलक गाउलेद्धारा हस्ताक्षरित बिज्ञप्तीमा सुक्रवार बेलुकीको शमयमा पसलबाट दुध लिएर घर जाने क्रममा बाटोमा अकस्मात अज्ञात समुहले पछाडीबाट आक्रमण गरि पत्रकार अलीको साथमा रहेको मोवाईल समेत लुटपाट भएकोमा दुःख ब्यक्त गरेको छ । सँस्थापक अध्यक्ष अली माथी भएको यो घटनाले बाँकेका सञ्चारकर्मी सुरक्षित नभएको र आम नागरिकहरु समेत पुर्ण रुपमा सुरक्षित हुन नसकेको महासँघको ठहर रहेको जनाएको छ । आक्रमणमा संलग्नहरुको तत्काल पहिचान गरि दोषीलाइ कडा भन्दा कडा कारबाही र जिल्लाका आम नागरिकहरु पुर्ण रुपमा सुरक्षित भएको प्रत्याभुत गराउनका लागी नेपाल पत्रकार महासंघ बाँके शाखाले बिज्ञप्ती मार्फत जिल्ला स्थित सुरक्षा निकाय संग माग गरेको छ । घाईते अबस्थामा रहेका बरिष्ठ पत्रकार अलिको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

  • १२ आश्विन २०७६, आईतवार प्रकाशित

  • Nabintech