बिजयादशमी शुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज । असोज १२ ।
नेपालीहरुको महान पर्ब बिजयादशमी आज देखि शुरु भएको छ ।
नौ दिन सम्म विभिन्न शक्तिको पुजा आराधना गरि मनाईने दशैलाई नवरात्रीको नामले समेत चिनिन्छ । दशैको पहिलो दिन आज शैलापुत्री देवीको पुजा आराधना गरिन्छ । आजको दिन घरको पुजा कोठामा मकै, गहुँ , जौ आदि अन्नको बिज छरेर जमरा राख्ने गरिन्छ । यसरी राखिएको जमरालाई नौ दिन सम्म पुजा गर्ने प्रचलन रहदै आएको छ । यस बर्ष बिजया दशिमी असोज २१ गते परेको छ ।
नवरात्रीको पहिलो दिन नेपालगन्जमा रहेको बागेश्वरी मन्दिरमा नव दुर्गाकाको पुजा आराधना गरिएको थियो । बिहान ३ बजेबाट आरती सुरु गरि बिहान ४ बजेदेखि शैलापुत्री माइको पुजा गरिएको मन्दिर श्रोतले बतायो ।
बागेश्वरी मन्दिरमा घटस्थापनाको दिन देखि नौ दिन सम्म लगातार विभिन्न देवीको पुजा आराधना हुने भएकाले श्रद्धालु भक्तजनहरुको भिड लाग्ने गर्दछ ।

  • १२ आश्विन २०७६, आईतवार प्रकाशित

  • Nabintech