बासको दार्चुला शाखा पूर्नगठन

असल शासन प्रतिनिधि

बासको दार्चुला शाखा पूर्नगठन

नेपालगन्ज । असोज १४ गते ।
भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासको दार्चुला शाखा पूर्नगठन भएको छ ।
दार्चुलाको खलंगामा बसेको युवाहरुको भेलाले पार्वती बमको अध्यक्षतामा समिति पूर्नगठन गरेको हो । पूर्नगठित समितिको उपाध्यक्षमा गोपाल सिंह महरा, सचिबमा ललिता धामी, सह सचिबमा राजु ठगुन्ना र कोषाध्यक्षमा शान्ति कुवंरलाई चयन गरेको छ । यसैगरी समितिको सदस्यहरुमा क्रमशः मोहन सिंह धामि, रुकमती कुवर, शान्ति चुनारा, नविन ठगुन्ना, राजेन्द्र सिंह बुढाथोकी र लक्ष्मण सिंह धामिलाई चयन गरेको छ । यसैगरी भेलाले शाखाको सल्लाहकारमा समाज कल्याण समाज दार्चुलाका अध्यक्ष रघुबिरसिंह ठगुन्ना र पत्रकार गगन बिष्टलाई चयन गरेको बास दार्चुला शाखाकी नब निर्वाचित सचिब ललिता धामीले जानकारी दिएकि छिन् ।

  • १४ आश्विन २०७६, मंगलवार प्रकाशित

  • Nabintech