चाडपर्ब लक्षित कार्यक्रम गर्ने युवा समितिको निर्णय

असल शासन प्रतिनिधि

नेपालगन्ज । असोज १४ ।
बासद्धारा गठित नेपालगंज नगर स्थितरीय सामाजिक सदभाव युवा समिती ले नगरमा पर्बका बेला सामाजिक सद्भाव कायम गर्न आवश्यक कार्यगर्ने निर्णय गरेको छ ।
सामाजिक सदभाव युव समितिका अध्यक्ष मधु पौडेलको अध्यक्षतामा असोज १३ गते बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो । नेपालगंज उपमहानगरपालिका भित्रको समाजिक सदभावलाई सहयोग गर्ने उदेश्यले चाडपर्ब लक्षित कार्यक्रमहरु गर्ने निर्णय भएको बताईएको छ । सामाजिक सदभाव कायम गर्न समितिले गर्न सक्ने क्रियाकलापहरुका बिषयमा बैठक केन्द्रित रहेको समितिका सचिब चिरन्जीबि गौतमले असल शासन डटकमलाई बताए । नेपालगंज उपमहानगरपालिका वडा नं. १२ मुक्तिपुर स्थित वडा कार्यालयको नयाँ भवनका बैठक सम्पन्न भएको थियो ।

  • १४ आश्विन २०७६, मंगलवार प्रकाशित

  • Nabintech