बाल बिबाहका कारण समस्या

असल शासन प्रतिनिधि

रुपन्देही/कोटहिमाई गाउँपालिकको वडा नम्वर ६ मझगाउँमा प्रहरी र नागरिक बीच अन्तर सम्बाद कार्यक्रम सम्पन्न भएकोछ ।

युएनडिपिको सहयोगमा बासद्धारा सञ्चालित दिगो बिकास तथा सामाजिक सद्भावका लागि नागरिक साझेदारी कार्यक्रम अन्र्तगत असोज १५ गते सो कार्यक्रम सम्पन्न भएको हो ।

ईलाका प्रहरी कार्यालय मझगाउँका प्रहरी निरिक्षक पुरन क्षेत्रीले बाल बिबाहका कारण गाउँमा बिभिन्न समस्याहरु सृजना भएको बताए । खेल्ने, पढ्ने उमेरमा बिबाह हुँदा त्यसको असर उनीहरुले भोग्नु परेको क्षेत्रीले बताए ।

स्थानीय कञ्चन गिरीले आफु ६ वर्षको हुँदा बिहे गरेको अनुभव सुनाउँदै अरुलाई बाल बिबाह नगर्न अनुरोध गरिन् । प्रहरी र नागरिक बीच दोहोरो छलफल गर्न पाउँदा खुसी भएको स्थानीय शैलेश पाठक बताए । कार्यक्रम सहायक सर्वेश लोहारले सञ्चालन गरेको कार्यक्रममा संयोजक विजया खत्रीले स्वागत गरेकि थिईन् ।

  • १५ आश्विन २०७६, बुधबार प्रकाशित

  • Nabintech