रक्सिमा डुबेर समृद्धि भित्र्याउन सकिदैन

असल शासन प्रतिनिधि

काठमाण्डौं/युवा तथा युवा संस्थाहरुको छाता सँगठन राष्ट्रिय युवा महासँघ नेपालको ८ औं बार्षिक साधारण—सभा सम्पन्न भएको छ ।

काठमाण्डौंको अनामनगर स्थित युनियन हाउसमा असोज १० गते साधारण—सभा सम्पन्न भएको हो ।

साधारण—सभालाई उद्घाटन गर्दै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले नेपाल निर्माणका लागि सबै युवाहरुले अनिवार्य रुपमा स्वयंसेवा गर्नु पर्ने बताए ।

उनले समृद्ध नेपालका लागि खाद्यान्न, हरियो तरकारी, फलफुल, माछा मासु र दुग्घ जन्य पदार्थमा देश आत्मनिर्भर हुनु पर्ने बताउँदै यि ५ बस्तुका आयातमा सरकारले रोक लगाउनु पर्ने बताए ।

बास्कोटाले ७५३ पालिकालाई उत्पादन, प्रबिधि र सिपमा सक्षम बनाउनु पर्ने बताए । उनले सबैमा देश प्रतिको सकारात्मक भावना जागृत गराउन आम नेपालीले घर, घरमा राष्ट्रिय झण्डा फहराउनु पर्ने बताए ।

एक फरक प्रसंगमा प्रमुख अतिथी बास्कोटाले नेपाललाई मदिरामुक्त घोषणा गर्नु पर्ने बताए भने—रक्सिमा डुबेर समृद्धि भित्र्याउन सकिदैन ।  उनले मदिरामुक्त नेपालका लागि तत्काल मदिराको पैठारी निषेध गर्न, मदिरा उद्योगलाई क्षतिपूर्ति दिएर बन्द गर्न, ति जमिन र भवनमा स्कुल वा अस्पताल सञ्चालन गर्न, घरपालुवा रक्सि निषेध गर्न, उपकरणहरु बिक्रि हुने भए बिदेश पठाउन र बिक्रि नहुने भए कवाडिलाई बिक्रि गर्न सरकारलाई अनुरोध गरेका छन् ।

राष्ट्रिय युवा महासँघ नेपाल (निफन) का संस्थापक अध्यक्ष कविन्द्र बुर्लाकोटीले युवाहरुको स्वरोजगार, आत्मसम्मानका लागि सरकारले बिशेष पहल चाल्नु पर्ने बताए । युवाका सवाललाई मूल प्रबाहिकरण गर्न महासँघ शुरुवात भएको उनले बताए ।

कार्यक्रममा निल्डकी प्रमुख कार्यकारी तथा उत्प्रेरक उषा सिंह मल्ले सबै व्यक्ति हिरो भएको बताउँदै आफु भित्र केही गरौं भनेर दन्किरहेको आगो निभ्न नदिन सबैलाई आग्रह गरिन् ।

युथ एडभोकेसि नेपालका अध्यक्ष नरेन खतिवडाले युवाका नाममा न्यून बजेट छुट्याएर सरकारले युवाहरुलाई बेवास्ता गरेको बताए ।
कार्यक्रममा आयोनका अध्यक्ष जगदिश ऐर, अपाँग युवा सञ्जालका अध्यक्ष महेन्द्र थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

महासँघका महासचिव नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा स्वागत सदस्य अमिशा धिमालले गरेकि थिईन् भने प्रगति प्रतिबेदन महासँघका कर्णाली प्रदेश संयोजक छबिलाल सुनारले प्रश्तुत गरेका थिए भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष कमल बञ्जाराले प्रश्तुत गरेका थिए ।

महासँघका बिभिन्न शाखाका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न साधारण सभाको बन्द शर्त पनि सोही दिन सम्पन्न भयो । बन्द शर्तले प्रश्तुत प्रतिबेदनहरु अनुमोदन गर्नुका साथै बार्षिक बजेट तथा कार्ययोजना स्विकृत गरेकोछ ।

अध्यक्ष सुजन घलेको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो ।

रणनीतिक योजना तथा क्षमता अभिबृद्धि कार्यशाला
यसैगरी महासँघको आयोजनामा रणनीतिक योजना तथा क्षमता अभिबृद्धि कार्यशाला सम्पन्न भएको छ । असोज १० गते शुरु भई ११ गते सम्पन्न भएको कार्यशाला अध्यक्ष सुजन घलेको अध्यक्षतामा भएको थियो ।

महासचिव नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा गैसस व्यवस्थापनका क्षेत्रमा लामो समय देखि क्रियाशिल हस्त सुनारले सहजिकरण गरेका थिए । कार्यशालामा उपाध्यक्ष त्रिभुवन बि.सी., सचिव जना भण्डारी, कर्णाली प्रदेश संयोजक छबिलाल सुनार, सदस्य हिरालाल सुनार, अमिशा धिमालले संस्थाका गतिविधिहरु बोलेका थिए ।

दुई दिने कार्यशालाका क्रममा संस्थागत बिश्लेषण गर्नुका साथै बिभिन्न समूहमा बिभाजन भएर व्यापक रुपमा छलफल गरिएको थियो ।

  • १५ आश्विन २०७६, बुधबार प्रकाशित

  • Nabintech