उपमहानगर प्रमख राणाद्वारा गैसस महासँघलाई सहयोग

असल शासन प्रतिनिधि

जनक थापा

नेपालगञ्ज/नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाले गैर सरकारी संस्था महासंघ नेपाल बाँकेको संस्थागत बिकासका लागि ५० हजार रकम सहयोग गरेका छन् ।

गैर सरकारी संस्था महासँघ नेपाल बाँके शाखाको आयोजनामा महासँघको सभा कक्ष सदरलाईनमा असोज १७ गते सम्पन्न दशैं, तिहार तथा छठ पर्बको अवसरमा शुभकामना आदान—प्रदान कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

आफुले पारिश्रमिकबाट सामाजिक तथा मानविय कार्य गरि लोकप्रियता हाँसिल गरिरहेको प्रमख राणाले महासँघका अध्यक्ष नमस्कार शाहलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण गर्दै राणाले पहिलो कार्यकालमा प्राप्त सबै पारिश्रमिक बिभिन्न सामाजिक कार्यमा लगानी गरेको उल्लेख गर्दै दोश्रो कार्यकालमा प्राप्त पारिश्रमिक पनि सामाजिक कार्यका लागि प्रदान गरिरहेको बताए ।

 

पैंशा कसैलाई पुग्दैन, चित्त बुझाउन सक्यो र उदार भावना भयो भने अरुलाई सहयोग गर्न सकिन्छ—राणाले भने—सबै नेता प्रति आम नागरिकको दृष्टिकोण नकारात्मक भएका बेला राम्रा नेताहरु पनि छन् भन्ने सन्देश प्रबाह गर्न आफुले पारिश्रमिकबाट प्राप्त रकम बिभिन्न सँघ, सँस्थालाई प्रदान गर्दै आईरहेको छुँ ।

मेरो सानो सहयोगले व्यक्ति, सँघ, सँस्थाहरुलाई टेवा पुगिरहेको छ भन्ने बिश्वास मलाई छ —उनले भने— यो कार्यले निरन्तरता पाउने छ ।
बिभिन्न सँघ, सँस्थाहरुलाई सहयोग प्रदान गर्ने क्रममा गैससहरुको सिंगो छाता सँगठन गैसस महासँघलाई संस्थागत बिकासका लागि आफुले सहयोग गरेको उनले बताए ।

राणाले दशैं, तिहार र छठको सबैलाई शुभकामना व्यक्त गरेका थिए । उनको सहयोग प्रति कार्यक्रमका सबै बक्ताहरुले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा बोल्दै राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देबकोटाले सामाजिक सद्भावका लागि चाडपर्वहरुको महत्व धेरै भएको उल्लेख गर्दै आफ्नो पारिश्रमिक रकम अरुलाई बाँड्न सक्ने उपमहानगर प्रमुख राणाबाट सबैले सिक्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपालगञ्ज उद्योगा बाणिज्य सँघका अध्यक्ष नन्दलाल बैश्यले सामाजिक सहिष्णुताका पर्व दशैं, तिहारले सबै नागरिकहरुमा एकता कायम गर्ने बताउँदै शुभकामना दिए ।

महासँघका कानुनी सल्लाहकार चित्र बहादुर के.सी.ले सामाजिक संस्थाहरुले सामाजिक रुपान्तरण र बिकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै चाडपर्वहरुले सबैलाई एकताको सन्देश दिने गरेको उल्लेख गरे ।

उच्च अदालत बार ईकाईका सदस्य अधिबक्ता प्रभाकर भट्राईले शुभकामना अदान, प्रदानले सबैमा निकटताको भावना अभिबृद्धि गर्ने बताए ।

महासँघका सचिव आशिष बर्माले सञ्चालन गरेको कार्यक्रममा स्वागत सदस्य जयन्ति खत्रीले गरेकि थिईन् भने धन्यवाद ज्ञापन सदस्य निर्मला सुनारले गरेकि            थिईन् ।

महासँघका अध्यक्ष नमस्कार शाहले कार्यक्रमको समापन गर्दै सहयोग प्रति प्रमुख राणालाई धन्यवाद ज्ञापन गरेका थिए ।

  • १९ आश्विन २०७६, आईतवार प्रकाशित

  • Nabintech