उपमहानगरपालिकालाई महासँघले बुझायो आठ बुँदे सुझाव

असल शासन प्रतिनिधि

जनक थापा

बाँके/गैर सरकारी सँस्था महासँघ नेपाल बाँके शाखाले नेपालगञ्ज उपमहानगरपालिकालाई ८ बुँदे सुझाव पत्र बुझाएको छ ।

गैर सरकारी संस्था महासँघ नेपाल बाँके शाखाको आयोजनामा महासँघको सभा कक्ष सदरलाईनमा असोज १७ गते सम्पन्न दशैं, तिहार तथा छठ पर्बको अवसरमा शुभकामना आदान—प्रदान कार्यक्रममा सो सुझाव पत्र उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणालाई बुझाईएको हो ।

महासँघका अध्यक्ष नमस्कार शाहले सो सुझाव पत्र प्रमुख राणालाई हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण गरिएको सुझाव पत्रमा उपमहानगरपालिकाले सामाजिक मुद्धाहरुमा केन्द्रीत कार्यक्रम तथा बजेट बिनियोजन गर्नु पर्ने, पालिकामा गैसस डेस्क स्थापना गर्नुपर्ने, गैससहरुसँगको समन्वय बैठक नियमित रुपमा गर्नुपर्ने, लक्षित बर्ग, सामाजिक परिचालन, क्षमता अभिबृद्धिका कार्यक्रमहरु गैसस मार्फत खुला प्रतिष्पर्धाका माध्यमबाट गर्नुपर्ने, सामाजिक परिचालन, गैसस मार्फत गरिने कार्यक्रम पारदर्शी हुनुपर्ने, गैसस मार्फत सञ्चालन गरिने कार्यमा गैसस महासँघको प्रतिनिधित्व हुनुपर्ने, गैससहरुलाई पालिकामा दर्ता गर्ने कार्य नगरि सुचिकृत गर्नुपर्ने, गैससहरु सुचिकृत गर्दा निःशुल्क गर्नुपर्ने, पालिका स्तरमा काम गर्ने गैससहरु मध्ये उत्कृष्ठ कार्य गर्ने गैससहरुलाई पुरस्कृत गर्नुपर्ने उल्लेख छ ।

महासँघले अन्य ७ वटै पालिकाहरुमा पनि सुझाव पत्र बुझाउने तयारीमा रहेको जनाएको छ ।

  • १९ आश्विन २०७६, आईतवार प्रकाशित

  • Nabintech