अदालतले दियो महरालाई पक्राउ गर्ने अनुमति

असल शासन प्रतिनिधि

काठमाडौं/निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले आज असोज १९ गते अनुमति दिएको छ ।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतको आदशेसँगै निवर्तमान सभामुख महरालाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । महरा जतिबेला पक्राउ पर्न सक्ने स्रोतले जनाएको छ ।

महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ ।

पीडित महिलाले असोज १२ गते महरा आफ्नो कोठा आई बलात्कार प्रयास गरेको बताएकि थिईन् ।

उक्त घटनाले व्यापक रुप लिए पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिएको थियो ।

पार्टीको निर्देशनमा महराले सभामुख पदबाट राजीनामा दिएएका थिए । यद्यपि हाल सम्म सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।
महराले राजिनामा दिएपछि पीडित भनिएकी महिलाले बोली फेरिन् । उनले प्रहरी कहाँ उजुरी पनि दिईनन्, स्वास्थ्य परीक्षण पनि
गराईनन् । उल्टै आफुलाई महरा सरबाट कुनै दुव्र्यवहार नभएको बताईन् ।

यहि क्रममा पीडित महिला र उनका पतिबीच सम्बन्ध विच्छेद गर्ने निर्णय सार्वजनिक भयो । यस घटनाले फेरी नयाँ रुप लियो । पीडित महिलाले शुक्रबार असोज १७ गते महराविरुद्ध किटानी जाहरी दिइन् । किटानी दिईसकेपछि प्रहरीलाई अनुसन्धान गर्न सहज भएको थियो ।

  • १९ आश्विन २०७६, आईतवार प्रकाशित

  • Nabintech