सामाजिक सद्भावका लागि चियापान

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्ज उपमहानगरपालिका स्तरिय सद्भाव युवा समितिले नेपालगञ्जले त्रिभुवन चोकमा शनिबार दशैंको शुभकामना आदान, प्रदानसँगै सामाजिक सद्भावका लागि चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

दशैंको बेलामा दुर्गा पुजामा आउने भक्तजनहरुका लागि चियापान कार्यक्रम गरिएको हो । समितिको आयोजना तथा विभिन्न संघ संस्थाहरुको सहकार्यमा चियापान कार्यक्रम गरिएको थियो ।

संयोजक मधु पौडेलका अनुसार, २०० बढिले चियापानमा सहभागिता जनाएका थिए ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष नमस्कार शाह, नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, सभ्य समाज नेपालका अध्यक्ष तथा गैसस महासँघ बाँकेका सदस्य सुर्यलाल यादव, उडान नेपालका अध्यक्ष जनक थापा, पत्रकार नरेन्द्र थापा, सिसिएन नेपालगञ्जका अध्यक्ष सुरेन्द्र चलाउने, सद्भाव समितिका सहसंयोजक साहिल अन्सारी, सचिव चिरिञ्जिबि गौतम, सदस्य राजेन्द्र विष्ट, गिता गोसाई, रामचन्द्र पोख्रेल लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बास, युवा क्लव नेपालगञ्ज उपमहानगरपालिका वडा नं.११, ए वान दुध डेरी कोहलपुर नगरपालिका, अन्नपुर्ण होटल, पुष्पलाल चौक, होटल तिरुपती बालाजी लगाएतको सहयोग रहेको समितिका सचिव चिरञ्जिवी गौतमले जानकारी दिएका छन् ।

  • १९ आश्विन २०७६, आईतवार प्रकाशित

  • Nabintech