त्रिभुवचौकमा कपडा बितरण

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बास र सामाजिक सद्भाव मूल समिति नेपालगञ्जको आयोजनामा असोज १७ गते नेपालगञ्जको त्रिभुवनचौकमा निःशुल्क कपडा बितरण गरिएको छ ।

हरेक दिन कामको खोजीमा नेपालगञ्जको त्रिभुवन चौकमा जम्मा हुने मज्दुरहरुलाई चाडपर्वहरुलाई लक्षित गरि कपडा सहयोग हस्तान्तरण गरिएको हो ।

१५० मज्दुरहरुलाई बिभिन्न प्रकारका लत्ता कपडा सहयोग गरिएको छ ।

सामाजिक सद्भाव समितिका अध्यक्ष नन्दलाल बैश्य, बासका कार्यकारी निर्देशक नमस्कार शाह, कार्यक्रम संयोजक शम्भु शाही लगाएतले मज्दुरहरुलाई कपडा प्रदान गरेका थिए ।

गरिविको रेखामुनी रहेका मज्दुरहरुलाई एक जोड भए पनि कपडा दिएर दशैंको मुखमा खुसीयाली दिन कपडा बितरण गरिएको समितिका अध्यक्ष नन्दलाल बैश्यले बताए । उनले सबैको सहयोगमा संकलित कपडाहरु बितरण गरिएको जानकारी दिए ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले चाड, पर्वमा हरेक व्यक्तिले नयाँ कपडा लगाउने ईच्छा राख्ने भएकाले सो ईच्छा पूरा गर्न केही हदल सम्म भएपनि सहयोग पुर्याउन कपडा बितरण कार्य गरिएको बताए ।

कपडा पाई सकेपछि मजदुरहरुले सहयागीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । सरस्वती चौधरीले एक जोड कपडा पाएकोमा खुसी व्यक्त गरिने भनिन्—मेरो दशैं राम्रो हुने भयो, नयाँ कपडा लगाएर दशैं मनाउन पाउने भएँ ।

  • १९ आश्विन २०७६, आईतवार प्रकाशित

  • Nabintech