उपमहानगरपालिकाद्वारा घाईते गाईको उद्धार

असल शासन प्रतिनिधि

नेपालगञ्ज/परोपकार मानिसले बाहेक अरु कुनै प्राणीले गर्न सक्दैन । अरुको भलो चाहने एक मात्र प्राणी मानिस हो । तर त्यहि मानिस कैयौं पटक परोपकारी कार्य गर्न बाट बिमुख भईरहेको हुन्छ । परोपकार ह्रास भईरहेका बेला स—साना कार्यले पनि समाजमा सकारात्मक सन्देश प्रबाह गरिदिन्छ भने अरुलाई उत्प्रेरणा समेत प्रदान गरिदिन्छ ।

हो यस्तै परोपकारी, मानविय कार्य गरेका छन् —नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले । उनको निर्देशनमा बाँकेको कोहलपुर नगरपालिकाको पिपिरीमा दुई सातादेखि छटपटाईरहेको गाईको बिहिवार उद्धार भएको छ ।

प्रमुख राणाको निर्देशनमा नेपालगञ्ज उपमहानगरपालिकाको टोलीले सडक दुर्घटनामा गम्भिर घाइते गाईको उद्धार गरेको हो । नगर प्रहरी निरिक्षक सुर्य बोगटी, प्रहरी सहायक निरीक्षक विकास गौतम, पशु स्वास्थ्य शाखा प्रमुख लक्ष्मी शाही सहितको टोलीले गम्भिर घाइते गाईलाई उद्धार गरि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जमा उपचारका लागि पुर्याएको छ । घाइते गाईको उपचार सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । जानकारी अनुसार, दुईसाता अघि एक स्कुटरले ठक्कर दिएपछि गम्भिर घाइते भएको गाई हिँडडुल गर्न नसक्ने अवस्थामा सडक किनारमा अलपत्र थियो ।

शाईकिलङ्गका क्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. राणाले घाइते गाई देखेपछि दशैंको बिदा पश्चात कार्यालय खुल्ने बित्तिकै गाईको उद्धार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सोही प्रतिबद्धता बमोजिम राणाले कार्यालय खुलेकै पहिलो दिनमा घाइते गाईलाई उद्धार गरि उपचारका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

घाइते गाईसँगै रहेको बाच्छालाई पनि उपमहानगपालिकाको टोलीले उद्धार गरि ल्याइएको छ । गाईको उपचारसँगै आहाराको पनि ब्यवस्था गरिएको                     बताईएको छ ।

गाईको उद्धार भएपछि खुसी व्यक्त गर्दै पशु अधिकारकर्मी सुरेन्द्र कार्कीले फेसबुकमा लेखेका छन् —म त्यहाँ पुग्दा बाटो मुनि टाउको बटारिएर लडेको ठाउँमा भोको बाच्छा दुध खाई रहेको थियो । प्यारालासिस भएको पुरुष र महिला हे भगवान यस्तो के देख्न पर्यो भनेर बिलौना गर्दै थिए । म साईकल बाट उत्रें । प्रदिप जी, बुद्दी हामी मिलेर तानी बाटोमा सुताई दियौं, पर्कदा बसि रहेको थियो । हिजो मेयरसाप सँग जाँदा पनि देखें। आज उद्दार गर्नु भएछ । दिउसो पनि म आज सोची रहेको थिएँ, त्यो आमा मर्यो भने बच्चा के गर्ला ? अब बच्चा ले पनि राहत पायो ।

  • २३ आश्विन २०७६, बिहीबार प्रकाशित

  • Nabintech