युवा तथा खेलकुद मन्त्रालय खेलकुद मन्त्रालयमा सिमित

असल शासन प्रतिनिधि

नेपालगञ्ज/राष्ट्रिय युवा महासँघ नेपाल (निफन) का केन्द्रीय अध्यक्ष सुजन घलेले युवा तथा खेलकुद मन्त्रालय खेलकुद मन्त्रालयमा सिमित रहेको गुनासो गरेका           छन् ।

बास नेपालगञ्जद्धारा असोज २६ गते आयोजित अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष घलेले सो गुनासो गरेका हुन् । युवा तथा युवा सँस्थाहरुको छाता सँगठन राष्ट्रिय युवा महासँघ नेपालका अध्यक्ष घलेले मन्त्रालयको नाममा युवा जोडेता पनि मन्त्रालयले खेलकुद बाहेक युवाका लागि बजेट, कार्यक्रम बिनियोजन नगरि युवाहरुलाई अपेक्षा गरेको आरोप लगाए ।

उनले राष्ट्रिय युवा नीति बमोजिम राष्ट्रिय युवा परिषद चल्न नसकेको, पूर्ण रुपमा रानजीतिकरणका कारण परिषद अघि बढ्न नसकेको बताए । युवाका नाममा देशले कुल ११ करोड रकम बिनियोजन गरेकोमा ६ करोड प्रशासनिक रुपमा खर्च बिनियोजन गरि ७ करोड मात्र रकम युवाहरुका लागि बिनियोजन गरेको बताउँदै अध्यक्ष घलेले युवाहरुलाई सरकारले पूर्ण रुपमा उपेक्षा र बेवास्ता गरेको बताए ।

बासका महासचिव शिव कुमार बर्माले सञ्चालन गरेको कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले धन्यवाद ज्ञापन गरेका थिए । बासका कोषाध्यक्ष छबिलाल सुनारले स्वागत गरेको कार्यक्रममा सदस्य, पदाधिकारी, स्वयंसेवकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा निफन मुगु शाखाकी अध्यक्ष बिमला मल्लको पनि उपस्थिती रहेको थियो ।

  • २७ आश्विन २०७६, सोमबार प्रकाशित

  • Nabintech