कालिकोटमा एक दर्जन जुवाडे पक्राउ

असल शासन प्रतिनिधि

कालिकोटमा एक दर्जन जुवाडे पक्राउ

रमेश नेपाली

कालिकोट/जिल्लाको खाँडाचक्र नगरपालिका २ स्थित स्थानीय हाटबजार जिते बजारमा जुवा खेल्दै गरेको अवस्थामा १ लाख १७ हजार तीन सय ५७ रूपैयाँ सहित १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक यक्षराज जोशीको नेतृत्वमा खटिएको टोलीले जिते बजारमा जुवा खेल्दै गरेका १२ जनासहित नगद १ लाख १७ हजार तीन सय ५७ रूपैयाँ, ९ थान मोवाईल, दुई थान कार्पेट, डस्ना बरामद गरेको निरिक्षक जोशीले जानकारी दिए ।

पक्राउ पर्नेमा रास्कोट नगरपालिका वडा नं ४ का व्यापारी दिपेन्द्र शाही, रास्कोट २ का हर्ष बहादुर वम, खाँडाचक्र नगरपालिका २ का प्रकाश शाही, शान्नि त्रिवेणी गाउँपालिका ८ का अम्वरे केसी, रास्कोट नगरपालिका ८ का मदन न्यौपाने, नरहरिनाथ गाउँपालिका ३ का अम्बर वुढा, रास्कोट ४ का जगत टमटा, विरेन्द नगरपालिका सुर्खेतका हेम पराजुली लगायत १२ जनालाई पक्राउ गरिको बताए ।

चाडपर्वको वेला हुने विकृतिलाई रोक्न जिल्ला प्रहरी कार्यालयले, स्थानीय स्तरसम्म सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी नायव उपरिक्षक डिएसपी श्यामबावु वलियाले बताए, उनले भने, ‘हाम्रो कालिकोट सुरक्षित कालिकोट बनाउन विभिन्न कार्यक्रमहरू संचालन गरिरहेका छौं । विशेष गरी चाडपर्वको बेला हुने जुवातास, अवैध मदिरा, ट्राफिक दुर्घटना रोक्न विशेष योजना बनाएर अगाडी बढिरहेका छौँ ।’

विगतदेखिनै ठुलो रकमको जुवा चलिरहने जितेबजारमा यसपाली प्रहरीले छापा मारेको छ । अझैपनि यस्ता खालका विकृति रोक्न गाउँ—गाँउमा प्रहरी परिचालन गरिएको प्रमुख वलियाले बताए ।

  • १७ कार्तिक २०७६, आईतवार प्रकाशित

  • Nabintech