बुटबलमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी

असल शासन प्रतिनिधि

बुटबल, कार्तिक १९ गते ।
नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल) ले मुलुकको शान्ति सुरक्षाको अवस्था सुदृढ हुँदै गएको बताएका छन् ।
आन्तरीक मामला तथा कानुन मन्त्रालय प्रदेश नम्बर ५ ले प्रदेश राजधानी बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागि भएका गृहमन्त्री थापाले यस्तो बताएका हुन । बुटबलमा आज पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले सरकार अहिले संघीयता कार्यान्वयनमा अगाडी बढीरहेकोले भन्दै हाल मुलुकको आर्थिक अवस्था समेत मजबुद बन्दै गएको उनको दाबी थियो । सो क्रममा उनले नेपाल एक बर्ष भित्र पूर्ण साक्षर घोषणा हुने तथा नेपालीको आर्थिक बृद्धीदर दोहोरा अंक पुर्याउने गरी सरकारले काम गरिरहेको बताए । अहिले नेपालको अन्तराष्टिय सम्बन्ध सुमधुर बन्दै गएको बताए ।
कार्तिक १८ गते देखि दुई दिन सम्म चल्ने सुरक्षा गोष्ठीमा गृहमन्त्री थापा, प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख, १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखहरुको सहभागिता रहेको बताईएको छ ।

  • १९ कार्तिक २०७६, मंगलवार प्रकाशित

  • Nabintech