धम्बोझि माबिमा प्रहरी र बिद्यार्थी बिच अन्तरसम्बाद

असल शासन प्रतिनिधि

नेपालगन्ज । कार्तिक २१ गते ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरिक्षक (डिएसपी) शिब बहादुर सिंहले बालबालिकाहरुलाई असल मार्गमा लगाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
युएनडिपीको सहयोगमा बास नेपालगन्द्धारा आज आयोजित सुशासन र सामुदायिक सुरक्षा अभिबृद्धीमा बिद्यार्थीको भुमिका बिषयक अन्तरसम्बाद कार्यक्रममा नायब उपरिक्षक सिंहले यस्तो बताएका हुन । नेपालगन्जको धम्बोझि माबिमा भएको कार्यक्रममा बोल्दै डिएसपी सिंहले बालबालिकाहरुलाई कस्तो बनाउने भन्ने कुरा आमा बुवामा निर्भर हुने बताए । अभिभावकलाई असल र खराबको बारेमा स्पष्ट जानकारी नहुदा समस्या सिर्जना भएको भन्दै अभिभावक शिक्षा जरुरी रहेको उनको भनाई थियो । परिवार र शिक्षकले आफ्नो जिम्मेवारी रामोसँग पुरा गरेमा बालबालिकाहरु कहिल्यै गलत बाटोमा नलाग्ने उनको दाबी थियो । कक्षा ९ र १० मा अध्ययनरत झण्डै ८० बढी बिद्यार्थीहरुलाई डिएसपी सिंहले लागु औषध, ट्राफिक ब्यवस्थापन, बाल बिवाह, साईबर क्राईम लगायतका बिषयमा जानकारी दिदै सो प्रयोग गर्दा हुने समस्या तथा कानुनी कार्वाहीका बारेमा जानकारी गराएका थिए । बाँके प्रहरी अहिले यि सबै समस्या बिरुद्ध क्रियाशिल रहेको भन्दै उनले सबैलाई प्रहरीको काममा सहयोग गर्न अनुरोध गरे । उनले सूचना सबैभन्दा महत्वपूर्ण हुने भएकाले सामाजिक सदभाव बिगार्ने काम भएको देखेमा तुरुन्तै प्रहरीलाई खबर गर्न अपिल गरे । अन्तर सम्बादमा बोल्दै धम्बोझि माबिका सहायक प्रधानाध्यापक पूर्ण बहादुर शाहीले प्रहरीले गरिरहेको काम प्रशंसनिय भएकाले सो अभियानमा सबैले सहयोग गर्नुपर्ने धारणा राखे । उनले बिद्यार्थी अभिमुखिकरणले बिद्यार्थीहरुलाई ब्यवहारीक ज्ञान हासिल भएको बताए ।
अन्तर सम्बाद कार्यक्रममा सहभागि बिद्यार्थीहरुले यस्तो कार्यक्रममा पहिलो पटक सहभागि भएको भन्दै खुसी ब्यक्त गरेका थिए । उनीहरुले नयाँ नयाँ कुराको जानकारी हासिल भएकाले सिकेको कुरा लागु गर्ने प्रतिबद्धता गरेका थिए । बासका कार्यक्रम संयोजक शम्भु शाहीले सञ्चालन गरेको कार्यक्रममा बासका उपनिर्देशक हेमराज भट्टले बासले सुशासन तथा सामुदायिक सुरक्षामा गरिरहेको अभियानको बारेमा जानकारी गराउदै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेका थिए । अन्तर सम्बाद कार्यक्रममा डिएसपी शिब बहादुर सिंह, धम्बोझि माबिका सहायक प्रधानाध्यापक पूर्ण बहादुर शाही, जिल्ला स्थित लागु औषध ब्यूरो नेपालगन्जका प्रहरी निरिक्षक बिर बहादुर थापा, बासका कोषाध्यक्ष छबीलाल सुनार लगायतको उपस्थिती रहेको थियो ।

  • २१ कार्तिक २०७६, बिहीबार प्रकाशित

  • Nabintech