सामाजिक सदभावकालागि सामुहिक प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगन्ज । कार्तिक २१ गते ।
नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष तथा सामाजिक सदभाव मुल समिति नेपालगन्जका संयोजक नन्दलाल बैष्यले सामाजिक सदभाव कायम गर्न प्रहरीलाई सहयोग गर्नुपर्ने बताएका छन् ।
दिगो विकास र सामाजिक सद्भावकालागि नागरिक साझेदारी परियोजना अन्तरगत युएनडिपी नेपालको सहयोग, नेपालगन्ज उद्योग बाणिज्य सँघको सहकार्यमा आज बासद्धारा आयोजित सुशासन र सामुदायिक सुरक्षा अभिबृद्धीका लागि प्रहरी र ब्यवसायिहरु बिचको अन्तरसम्बाद कार्यक्रममा उनले यस्तो बताएका हुन । अन्तरसम्बाद कार्यक्रममा बोल्दै अध्यक्ष बैष्यले नेपालगन्ज उद्योग बाणिज्य सँघले सुशासन तथा सामुदायिक सुरक्षा सुदृढीकरणका लागि विभिन्न क्रियाकलापहरु गर्दै आएको भन्दै आगामी दिनमा समेत यस्ता क्रियाकलापहरु गर्दै जाने प्रतिबद्धता गरे । उनले कार्यक्रममा सहभागि ब्यवसायिहरुलाई नेपालगन्जमा सामाजिक सद्भाव कायम राख्न आ आफ्नो तर्फबाट भुमिका निर्वाह गर्न अनुरोध समेत गरे ।
अन्तरसम्बाद कार्यक्रमको शुरुवातमा नेपालगन्जमा सामुदायिक सुरक्षा सुदृद्धीकरणका लागि प्रहरीले गरिरहेका कार्यहरुको बारेमा ईलाका प्रहरीका कार्यालय नेपालगन्जका प्रमुख प्रहरि निरिक्षक हरि बस्नेतले जानकारी गराएका थिए । उनले प्रहरी आम नागरिकको साथि भएकाले हरेक ब्यक्तिको साथ र सहयोग प्रहरीलाई अपरिहार्य भएको बताए । अन्तरसम्बादमा बोल्दै ट्राफिक प्रहरी कार्यालय नेपालगन्जमा प्रहरी निरिक्षक पबिन्द्र बमले नेपालगन्जमा ट्राफिक ब्यवस्थापन चुनौती पूर्ण रहेपनि त्यसलाई ब्यवस्थापन गर्न लागि परेको बताए । उनले सबैले ट्राफिक नियमको पालना गरि सहयोग गर्न अपिल गरे । अन्तरसम्बादको क्रममा प्रहरि निरिक्षक बमले नेपालगन्जमा देखिएको पार्किङ्गको समस्या, नो हर्न अभियान लगायत समग्र ट्राफिक ब्यवस्थापनका बिषयमा उठाएका सवालहरुको जवाफ दिदै उपमहानगरपालिकासँग समन्वय गरि चाडै समाधानको पहल गर्ने प्रतिबद्धता गरे ।
बासका कार्यक्रम संयोजक शम्भु शाहीले सञ्चालन गरेको अन्तरसम्बाद कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकास बासका केन्द्रीय महासचिब शिब कुमार बर्माले गरेका थिए । कार्यक्रम नेपालगन्ज उद्योग बाणिज्य सँघको सभाहलमा सम्पन्न भएको थियो ।

  • २१ कार्तिक २०७६, बिहीबार प्रकाशित

  • Nabintech