प्रभावकारि स्वास्थ्य सेवा कहिले ?

असल शासन प्रतिनिधि

नेपालगन्ज । अबैधानिक रुपमा बाँकेको नरैनापुरमा मेडिकल सञ्चालन गरि डाक्टरको रुपमा कहलिएका भारतिय नक्कली डाक्टरका कारण २ जना नेपालीको ज्यान गएको छ । भारतको सराबस्ती जिल्लाको मनकौरा स्थायी घर भएका अन्दाजी ४० बर्षीय नक्कली डाक्टर
राजेस सिंहले दिएको औषधीका कारण उनीहरुको मृत्यु भएको हो । बिगत १०/१५ बर्ष देखि नरैनापुर गाँउपालिका वडा नम्बर ५ मटेहिया स्थित मटेहिया चौकमा अबैध क्लिनीक सञ्चालन गर्दै आएका सिंहले मेडिकल नम्स विपरित स्लाईन पानि र औषधी दिएका कारण मृत्यु भएको बताईएको छ । प्रात्त जानकारी अनुसार नरैनापुर गाउँपालिका वडा नम्बर ५ मटेहियाका गयाराज धोबीको घरमा छोराको मुण्डनको कार्यक्रम थियो, सोही क्रममा मृतक गयाँराम र राप्ती सोनारी ७ गेदवाका मालिक राम धोबीले खाना खाएपछि उनीहरु पेट दुःखेको भन्दै उपचारका लागि राजेस कहाँ गएका थिए । आफ्नो घरमै लगेर उपचार गराएका राजेसले उनीहरुलाई चार÷चार बोतल स्लाइन पानी चढाएर औषधि खुवाएको प्रत्यक्षदर्शीहरुले बताए । औषधी खुवाए कै साझँ मालिकरामको मृत्यु भएको थियो भने औषधी खाएपछि थप सिकिस्त भएका गयाँरामलाई थप उपचारका लागि नेपालगन्ज स्थित भेरी अन्चल अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो । अबैधानिक रुपमा मेडिकल संचालन गरि उपचारमा संलग्न नक्कली डाक्टर राजेस सिंह घट्ना घटे पछि त्यहाँ बाट फरार भएका थिए । नक्कली डाक्टरको गलत उपचारका कारण मृत्यु भएपछि सो क्षेत्रका नागरिकमा त्रास फैलिएको छ । घट्नाको बारेमा जानकारी बाहिर आएपछि सो बिषयमा छानविन गर्न जिल्ला प्रशासन कार्यालय बाँकेकोे नेतृत्वमा जिल्ला अनुगमन समितिले मंसिर ११ गते नरैनापुर क्षेत्रको अनुगमन गरेको थियो । अनुगमनको क्रममा नरैनापुर गाउँपालिका वडा नम्बर ५ मटेहियामा रहेको अबैधानिक मेडिकलको ताला तोडेर औषधि नियन्त्रणमा लिएको थियो । मटेहिया स्थित अवैध मेडिकल सन्चालन गरेर बसेका भारतीय नक्कली डाक्टर राजेस सिंह ठाकुर र शिवम् गुप्ताको मेडिकलको सम्पूर्ण औषधि नियन्त्रणमा लिइएको बताईन्छ । अनुमति विना अवैध मेडिकल सञ्चालन र अवैध औषधि बेचबिखन गरिरहेका उनीहरुमाथि मुद्दा दायर गरिने बताईएको छ । अनुगमन टोलीमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय नेतृत्वमा औषधि व्यवस्था विभाग नेपालगन्ज शाखा कार्यालय प्रमुख निनु श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख धीरजंग शाह, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक गिरिराज भण्डारी लगायतको सहभागिता रहेको थियो । परिवार भारतमा राखि एक्लै मटेहियामा बस्दै आएका राजेस सिंहको राम्रो कमाई र स्थानीयहरुको विश्वास समेत जितेको बताईन्छ । घट्ना घटिसकेपछि समेत सहजै रुपमा सिमा पारि जानु र स्थानीयहरुले बिरोध समेत नगर्नुले भारतीय नक्कली डाक्टरहरुको दबदबा रहेको श्रोत बताउछ । भारतीय औषधीको प्रयोग गर्ने राजेसले घट्ना घटे पछि केही औषधी साथ मै लगेको र बाकि रहेको औषधि जलाएर नष्ट गरेर गएको स्थानीयहरुले असल शासन पोष्टलाई बताए । नरैनापुर गाँउपालिकाको हरेक वडामा स्वास्थ्य चौकीहरु भएपनि स्थानीयहरुको अविश्वासका कारण यस्तो अकल्पनीय घट्ना घट्न पुगेको मटेहिया स्वास्थ्य चौकीका प्रेम बुढाले बताए । उनले सबै स्वास्थ्य चौकीहरुमा पर्याप्त औषधी पु¥याउनु पर्ने बताए । उता नरैनापुर गाँउपालिका स्वास्थ्य शाखा प्रमुख मोईन खाँले नरैनापुर क्षेत्रमा दक्ष डाक्टरहरु नहुनुले समस्या सिर्जना भईरहेको बताए । उनले गाँउपालिकाले आफै डाक्टर करारमा लिने पहल गरिरहेको बताए । नरैनापुर गाँउपालिकामा कुनै पनि बैधानिक स्वास्थ्य क्लिनिक नभएको बताईएको छ । हाल नरैनापुर गाँउपालिकामा भारतीय नक्कली डाक्टरहरुको सख्या तिन दर्जन जती रहेको स्थानीयहरु बताउछन् तर नरैनापुरमा कार्यरत स्वास्थ्य अधिकारीहरु डेढ दर्जन अबैधानिक भारतीय नक्कली डाक्टर रहेको स्विकार गर्दछन् ।
केही दिन अगाडी मात्रै नरैनापुर गाँउपालिका वडा नम्बर २ स्थित लक्ष्मणपुरमा निकै सुविधा सम्पन्न अस्पतालको रुपमा लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको भब्य उद्घाटन गरिएको भएपनि हाल सम्म त्यसको सञ्चालन हुन सकेको छैन । उता नरैनापुर गाँउपालिकाका ६ ओटै वडामा स्वास्थ्य चौकीहरु छन् तर पनि औषधीको अभाव, दक्ष डाक्टरहरु नहुनु, आवश्यक पूर्वाधारको अभाव लगायतका कारण यस्ता घट्नाहरु घट्दै आएको पाईन्छ । नरैनापुर प्राथमिक स्वास्थ्य केन्द्रका लागि एमबिबिएस डाक्टरको दरबन्दी रहेको छ तर १० महिना देखि सिंगो गाँउपालिका डाक्टर बिहिन छ । नरैनापुर प्राथमिक स्वास्थ्य केन्द्रमा कसको दरबन्दी छ भन्ने समेत पालिकालाई जानकारी छैन । नेपाल सरकारले पठाएका डाक्टर नपुग्ने र पुगिहालेपनि नटिक्ने समस्याको सिकार सिंगो गाँउपालिकाका नागरिकहरु भएका छन् । बर्षौ देखि सो क्षेत्रमा बर्चस्व जमाई रहेका भारतीय नक्कली डाक्टरहरुको मनोमानी रोक्न सम्बन्धीत निकायले कडा निगरानि राख्न जरुरी छ भने दरबन्दि अनुसारको कर्मचारीको ब्यवस्थापनमा स्थानीय पालिका तथा नेपाल सरकारले आवश्यक पहल गर्नु पर्ने देखिन्छ । घट्ना घटेको बेला सबै सरोकारवालाहरु तात्ने र अरु बेला कानमा तेल हालेर सुत्ने रबैया रहि रहने हो भने भोलीका दिनमा थप समस्या निम्तिनेमा दुईमत छैन ।

  • १६ मंसिर २०७६, सोमबार प्रकाशित

  • Nabintech