नेपालगन्जमा स्वयमसेवक दिवस मनाइदै

असल शासन प्रतिनिधि

नेपालगन्ज । मंसिर १९ गते ।
अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा बास नेपालगन्जले आज नेपालगन्जमा सरसफाई, बृक्षारोपण तथा हामी सबै समान छौं भन्ने सन्देसमुलक कार्यक्रम गरेको छ ।
बासको आयोजना तथा नेपालगन्ज उपहानगरपालिका वडा नम्बर २० को सहकार्यमा राझाँ स्थित सद्भाव बाटिकामा ‘स्वयंसेवाको उत्सव मनाऔं’ भन्ने सन्देसका साथ सो कार्यक्रम गरिएको थियो । कार्यक्रमको उद्घाटनमा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष कृष्ण कार्कीले स्वयम् सेवालाई प्रोत्साहन गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताए । युवा परिचालन गर्न सकेमा सबै परिवर्तन सम्भब भएको बताउदै आगामी दिनमा वडा कार्यालयले स्वयम सेवक परिचालनलाई महत्वका साथ अगाडी बढाउने बताए । नेपालगन्ज उपमहानगरपालिका छिर्ने मुख्य द्धार वडा नम्बर २० भएकाले वडालाई सुन्दर, सरसफाईयुक्त र हराभरा बनाउन लाग्ने उनले बताए । उनले सरसफाई तथा बृक्षारोपण अभियानले आम नागरिकहरुमा सकारात्मक सन्देस प्रवाह भएको बताए । अभियानको क्रममा सद्भाव बाटिकाको सरसफाई गर्नुका साथै बाटिका वरिपरि बिरुवाहरु रोपीएको थियो । बासका शोभा थापा मगरले सञ्चालन गरेको कार्यक्रममा स्वागत बासका केन्द्रीय महासचिब शिब कुमार बर्माले गरेका थिए भने कार्यक्रमको उद्धेश्यमाथि प्रकाश बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए । कार्यक्रममा वडाका पदाधिकारीहरु, प्रहरीहरु, बासका पदाधिकारीहरु, कर्मचारीहरु तथा स्वयम् सेवक गरि ६० बढीको सहभागिता रहेको थियो । आज नै बासले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० सँगको सहकार्यमा अन्तराष्टिय स्वयम् सेवा दिवसको अवसरमा अपरान्ह ३ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित गणेशमान चौकमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई लक्षित गरि जनचेतना मुलक सडक नाटक प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

  • १९ मंसिर २०७६, बिहीबार प्रकाशित

  • Nabintech