नेपालगन्जको गणेशमान चौकमा नाटक

असल शासन प्रतिनिधि

नेपालगन्ज । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा बासले नेपालगन्जमा महिला हिंसा बिरुद्ध सन्देश मुलक सडक नाटक प्रर्दशन गरिएको छ ।
बास नेपालगन्जको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० को सहयोगमा मंसिर १९ गते सो नाटक प्रर्दशन गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित गणेशमान चौकमा प्रर्दशन गरिएको सडक नाटकको समापन कार्यक्रमका बोल्दै नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिका सदस्य तथा वडा नम्बर १० का सदस्य बसन्ता जोशीले महिला हिंसा बिरुद्धको १६ दिने अभियानलाई सफल पार्न र महिला माथि भईरहेको सबै खाने हिंसा अन्यकालागि सन्देस प्रवाह गर्न नाटक प्रभावकारि भएको बताईन् । नाटकमा वडाका पदाधिकारीहरु, तथा आम नागरिक गरि ३०० बढीको सहभागिता रहेको थियो । नाटकमा बासका कलाकारहरु रबिन्द्र बोहरा, शोभा थापा मगर, शर्मिला थापा, पुजा बर्मा, अन्जना चर्तुबेदी, लोक बहादुर घर्तीमगर, असोक रावलले अभिनय गरेका थिए । बासले अन्तरािष्टय स्वयमसेवा दिवसको अवसरमा बिहान वडा नम्बर २० को राझाँ चौकमा रहेको सद्भाव बाटिकामा सरसफाई तथा बृक्षारोपण समेत गरेको थियो ।

  • २० मंसिर २०७६, शुक्रबार प्रकाशित

  • Nabintech