Integrity Festival-2019 भब्यताका साथ सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज । मंसिर २४ गते ।
सार्वजनिक पद धारण गरेका ब्यक्तिहरुले आफ्नो कर्तब्य पुरा गर्न निर्भयका साथ लागेमा भ्रष्टाचार न्यूनीकरण गर्न सकिने राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले बताएका छन् । भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवस तथा बासको १९औं बार्षिकोत्सबको अवसरमा आज नेपालगन्जमा आयोजित Integrity Festival-2019 मा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बास्कोटाले यस्तो बताएका हुन् । उनले आज मुलुकमा नागरिकको सूचनाको हकको प्रबद्र्धनमा लागिपरेको भन्दै नागरिकको सूचनाको हकको सवालमा कसैको पनि आदेश पालना नगर्ने उनको भनाई थियो । नागरिकको हक नागरिकले पाउनु पर्छ भन्ने मान्यता राख्ने भएकाले जो जे पदमा छौं त्यही स्थानमा उत्कृष्ट सेवा गर्न अनुरोध गरे । हाल आफु मदिरा मुक्त बनाउने, सबै किसानहरुले उपकरणमा आधारीत भई लाग्नुपर्ने भएकाले हलो मुक्त अभियान, आधारभुत शिक्षा र स्वास्थ्य निशुल्क दिनुपर्ने भएकाले सबै बिद्यालयहरुलाई राष्ट्रिकरण गर्नुपर्छ, प्रत्येक जिल्लामा एक जिल्ला एक उत्पादन, जेष्ठ नागरिकहरुलाई महिनाभरी पुग्ने पेन्सन दिनुपर्ने, छोराछोरीको कमाईको कम्तीमा २५ प्रतिशत आमाबुवाको खातामा राख्नुपर्ने अभियानमा रहेकोले सबैलाई सो अभियानमा सरिक हुन समेत अपिल गरेका थिए । यसैगरी कार्यालयमा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले सबैले आ आफ्नो कर्तब्य पुरा गरेमा सुशासन कायम हुने भएकाले सबैले जवाफदेशि भई काम गर्न अपिल गरे । उनले भ्रष्टाचार बिरुद्धको अभियानमा बासको भूमिका महत्वपूर्ण रहेको बताए । उनले जिल्लामा सुशासन कायम गर्न आफु प्रतिबद्ध रहने प्रतिबद्धता गरे । कार्यक्रममा बोल्दै बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले बासको प्रगतिको शुभकामना दिएका थिए ।
कार्यक्रमका बिच देशमा सूचनाको हक प्रबद्र्धन तथा सुशासन बहालीमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत प्रमुख सूचना आयुक्त बास्कोटालाई बासले भ्रष्टाचार बिरुद्ध राष्ट्रिय सम्मान २०७६ प्रदान गरेको छ । यसैगरी बासले हरेक बर्ष प्रदान गर्दै आएको बास ब्राईटल्याण्ड युवा पुरस्कार २०१९ पत्रकारितामा क्रियाशिल युवा तथा नागरिक पश्चिमेलीका स्थानीय सम्पादक कमल खत्रीलाई प्रदान गरिएको छ । कार्यक्रमका बिच राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटा, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, ब्राईटल्याण्ड स्कुलमा आनन्द घिसिङ्ग लगायत अतिथिहरुले सम्मन पत्र, दोसल्ला, ट्रफि र नगद रु १५ हजार सहित सम्मान गरिएको थियो । सम्मान ग्रहण पछि बोल्दै आगामी दिनमा भ्रष्टाचार बिरुद्धका समाचारहरुलाई प्राथमिकता दिने प्रतिबद्धता गरे । बासको प्रशासन असल शासन बाट पत्रकारिता शुरु गरेको उनको भनाई थियो । यसैगरी कार्यक्रममा बासका ७३ जिल्ला शाखाहरु मध्ये उत्कृष्ट कार्य गर्ने तिन शाखाहरुलाई सम्मान गरेको छ । यसरी सम्मानीत हुने शाखाहरुमा बास रुपन्देही, नवलपरासि पूर्ब र कैलाली शाखा रहेका छन् ।
बासका उप निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले बास ब्राईटल्याण्ड युवा पुरस्कारको घोषणा तथा उत्कृष्ट शाखाको घोषणा गरेका थिए । बासका महासचिब तथा कार्यक्रम मूल समिति संयोजक शिव कुमार बर्माले स्वागत तथा उद्धेश्यमाथि प्रकाश पारेको कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका अध्यक्ष रमेश सिटौलाले गरेका थिए । कार्यक्रममा प्रमुख सूचना आयुक्त बास्कोटा, प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिना, सल्लाहकार लोक बहादुर शाह, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटबल सम्पपर्क कार्यालय नेपालगन्जका शाखा अधिकृत लोकमणी पाण्डे, गैसस महासँघ बाँकेका उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, उद्योग बाणिज्य महासँघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैष्य, जिल्ला युवा क्लब संजाल बाँकेका अध्यक्ष आशिष बर्मा, प्लान ईन्टरनेशनलका जिवनाथ पराजुली, कारितासका कल्याण तिमिल्सिना, बरिष्ट कलाकार कमल बिके निर्मोही लगायत अतिथिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम अन्तरगत दोश्रो चरणमा भएको सास्कृत कार्यक्रममा बासका कलाकारहरुले भ्रष्टाचार बिरुद्धको जनचेतना मुलक नाटक पछुतो प्रर्दशन गरिएको थियो भने विभिन्न कलाकारहरुको सास्कृतीक प्रश्तुतीहरु प्रश्तुत गरिएको थियो । उत्सबमा ३५० बढीको सहभागिता रहेको थियो ।

  • २४ मंसिर २०७६, मंगलवार प्रकाशित

  • Nabintech