अध्यक्ष रिजाल र हमाल सम्मानीत

असल शासन प्रतिनिधि

नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल र वडा नम्बर २ का अध्यक्ष सुनिल सिंह हमाल उत्कृष्ट जनप्रतिनिधिको अवार्डबाट सम्मानित भएका छन् । अमेरिकी दूतावाससँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को आयोजनामा मंसिर ३० गते नेपालगन्जमा सम्पन्न एक कार्यक्रमका बिच नगद सहित अवार्डबाट सम्मानीत भएका हुन् । नेपालगन्ज उपमहानगरपालिका अन्तरगत वडाहरुमा शुशासन र पारदर्शिताको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै वडा अध्यक्षद्धय रिजाल र हमाललाई नगल २५ हजार सहित सम्मान गरेको थियो । सम्मानित वडा अध्यक्षलाई कार्यक्रमका अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा, अमेरिकी दूतावासका प्रबक्ता एन्डी डी आरमेन्टले सम्मान पत्र र नगद सहित सम्मान गरेका थिए । यसैगरी कार्यक्रमका बिच स्थानीय तहको सुशासन र पारदर्शिता सम्बन्धी उत्कृष्ट समाचार सम्प्रेषण गरेबापत नगद २५ हजार रुपैयाँसहित कारोवार दैनिक तथा एपीवान टेलिभिजनका नेपालगन्ज संवाददाता पत्रकार लक्ष्मण ढुंगानालाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

  • १ पुष २०७६, मंगलवार प्रकाशित

  • Nabintech