नेपालगन्जमा परियोजनाको समिक्षा

असल शासन प्रतिनिधि

नेपालगन्ज ।
जवाफदेहिताका लागि आर्थिक पारदर्शिता परियोजनाको नेपालगन्जमा समिक्षा गरिएको छ ।
अमेरिकन दुताबासको सहयोगमा एकाउन्टिबिलिटी ल्याब र बासले सञ्चालन गर्दै आएको सो परियोजनाको अन्तिम समिक्षा मंसिर ३० गते गरिएको हो । स्थानीय सरकारका काम कावाहीलाई सहयोग गर्ने, आर्थिक पारदर्शिता कायम गर्ने, स्थानीय सरकारका योजना तथा कार्यक्रमहरुको बारेमा आम नागरिलाई जानकारी गराई नागरिक सहभागिता अभिबृद्धी गर्ने तथा जवाफदेहिता प्रबद्र्धन गर्ने उद्धेश्यले सो परियोजना सञ्चालीत थियो । नेपालगन्ज उपमहानगरपालिकाका १२ वटा वडाहरुमा सञ्चाीत सो परियोजनाको अमेरिकन दुताबासका प्रबत्ता एन्डी डी आरमेन्ट र दुताबासका अपार पौडेलको उपस्थितीमा भएको समिक्षा कार्यक्रममा लक्षित वडाका वडा अध्यक्ष र पदाधिकारीहरुको सहभागिता रहेको थियो । समिक्षा कार्यक्रममा बोल्दै वडा अध्यक्षहरुले परियोजनाले वडाको काम कार्वाहीलाई चुस्त दुरुस्त र पारदर्शि बनाउन सहयोग पु¥याएको बताए । उनीहरुले परियोजना पश्चात वडामा धेरै राम्रा काम हरुको शुरुवात भएको बताउदै परियोजनाको निरन्तरता आवश्यक रहेको प्रतिक्रिया दिएका थिए । समिक्षामा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले परियोजनाले वडाका जनप्रतिनिधि र नागरिकहरु बिचको सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले जनताको गुनासो वडा सम्म पु¥याई समाधानको पहल समेत गरेकोमा खुसी ब्यक्त गरे । यसैगरी वडा नम्बर २ का अध्यक्ष सुनिल सिंह हमालले परियोजना मार्फत टोलटोलमा गई वडाका समस्याको बारेमा जानकारी हासिल भएको बताए । परियोजनाका हरेक क्रियाकलापले वडाको कामको प्रभावकारितामा अभिबृद्धी गरेको प्रतिक्रिया दिए । उनले वडामा डिजिटल डिस्प्ले सेवा लगायतका कार्यहरु गरेको बताए । कार्यक्रममा बोल्दै वडा नम्बर २२ का अध्यक्ष बिद्याराम बर्माले पछाडीपारिएका बर्गहरु समुदायको पहुच वडा सम्म पु¥याउन परियोजनाको महत्वपूर्ण भूमिका रहेको बताए । परियोजना मार्फत भएका बैठक तथा छलफलहरु, टाउनहल बैठक, सार्वजनिक सुनुवाई, जनताको आगनमा जन प्रतिनिधि लगायत कार्यक्रमहरुले वडाको काम कार्वाहीमा सहजता ल्याएको सहभागिहरुको भनाई थियो ।
समिक्षाको अन्त्यमा बोल्दै अमेरिकन दुताबासका प्रबत्ता एन्डी डी आरमेन्टले परियोजनाको उपलब्धीले आफुलाई उत्साहित बनाएको बताईन् । परियोजनाको अवधिमा नेपालगन्ज आउदा नेपालगन्ज उपमहानगरपालिकाका सबै जनप्रतिनिधिहरुबाट राम्रो सहयोग पाएको उनको भनाई थियो । उनले परियोजना मार्फत भएका राम्रा अभ्यासहरुलाई अवलम्बन गर्न वडा अध्यक्षहरुलाई अनुरोध गरेकी थिईन् । आगामी दिनमा समेत दुताबासले आवश्यक समन्वय सहकार्य गर्ने उनको प्रतिबद्धता थियो ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा परियोजनाको उद्धेश्यका बारेमा एकाउण्टविलिटी ल्यावका नेपाल प्रमुख नारायण अधिकारीले जानकारी गराएका थिए भने परियोजना अन्तरगत भएका गतिविधि तथा उपलब्धीहरुको बारेमा परियोजना संयोजक सोनी खनाल र सुरेश चन्दले जानकारी गराएका थिए । समिक्षामा परियोजनाका सिएफए रबिन्द्र बोहरा, शोभा थापा मगर र छबीलाल सुनारले काम गर्दाका उपलब्धीहरुको सुनाएका थिए । कार्यक्रममा २५ बढीको सहभागिता रहेको थियो ।
यसैगरी सोमबार नै परियोजना अन्तरगत स्थानीय सरकार मार्फत भईरहेका गतिविधिहरु समेटेर तयार पारिएको म्यअगmभलतबचथ ँष्mि कजयध नेपालगन्जमा प्रर्दशन गरिएको छ । जवाफदेहिताका लागि आर्थिक पारदर्शिता परियोजनाको समापन अन्तरगत नागरिक–सरकार ः सफलता र नयाँ बाटोका लगायतका बिषयमा श्रब्य दृष्य प्रश्तुती, जवाफदेहिता तथा पारदर्शिता सम्बन्धी नाटक र मन्तब्य ब्यक्त गरिएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि तथा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शम्सेर राणाले नेपालगन्ज उपमहानगरपालिका शुन्य भ्रष्टाचारको रुपमा अगाडी बढिरहेको भन्दै सेवाग्राहीहरुलाई समस्या परेमा तत्काल गुनासो गर्न अनुरोध गरे । उनले नेपालगन्ज उपमहानगरपालिकालाई पारदर्शि, खुल्ला र सुशासन युक्त उपमहानगरको रुपमा चिनाउन सबैको सहयोगको अपेक्षा रहेको बताए । कार्यक्रममा अमेरिकन दुताबासका प्रबत्ता एन्डी डी आरमेन्ट, एकाउण्टविलिटी ल्याबका प्रमुख नारायण अधिकारी लगायतले बोलेका थिए । बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन नेपालगन्ज उपमहानगरपालिकाकी उप–प्रमुख उमा थापा मगरले गरेकी थिईन । कार्यक्रममा विभिन्न क्षेत्रका गरि ४ सय बढीको सहभागिता रहेको थियो ।

  • १ पुष २०७६, मंगलवार प्रकाशित

  • Nabintech