नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक सुनुवाई गर्दै

असल शासन प्रतिनिधि

नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक सुनुवाई गर्दै

नेपालगन्ज । पुस ७ गते ।
नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ अन्तरगत सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले प्रदान गर्ने सेवा र सुविधा तथा गुणस्तरिय विकास निर्माणको बिषयमा सार्वजनिक सुनुवाई हुने भएको हो । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा बास नेपालगन्जको सहजिकरणमा हुने सुनुवाई पुस १० गते बिहिबारका दिन दिउसो १ बजे देखि भेरी प्राविधिक शिक्षालयको हलमा हुने आयोजकले जनाएको छ । सुनुवाईमा उपमहानगरपालिकाले पहिलो चौमासिकमा सम्पन्न गरेका कार्यक्रम तथा उपलब्धीहरुको बारेमा जानकारी तथा उपमहानगरपालिकाको सेवा प्रवाहका बारेमा आम नागरिकहरुले गुनासो तथा प्रश्न राख्न सक्ने भएकाले सबैलाई सुनुवाईमा सहभागि हुन अपिल गरिएको छ । सहजिकरण गर्ने संस्था बासले सुनुवाईका लागि सबै वडाहरु तथा नगरबासिहरुलाई पत्राचार भईरहेको जनाएको छ । विभिन्न संचार माध्यममा समेत सहभागिताको लागि सार्वजनिक आव्हन गरिएकाले सबैलाई सुनुवाईमा सहभागि हुन बासले अनुरोध गरेको छ । बासले उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम विगतका बर्षहरु देखि नै गर्दै आएको छ ।

  • ७ पुष २०७६, सोमबार प्रकाशित

  • Nabintech